Categories: समाज

सुर्खेत विमानस्थल निर्माण अन्योलमा

कर्णाली,  सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति एवं विस्तार गर्ने भनिएको सुर्खेत विमानस्थलको निर्माण कार्य अन्योलमा परेको विमानस्थलका लागि अधिग्रहण गर्ने भनिएको ३० बिघा जमीन त्यहाँ निर्माण भएका घरको लगत सङ्कलन कार्य नै अगाडि बढ्ननसक्दा विमानस्थलको निर्माण कार्य अन्योलमा परेको हो

स्थानीयवासीले प्राविधिक कर्मचारीलाई फिल्डमा गएर काम गर्न नदिएपछि निर्माण कार्य स्थगन भएको नागरिक उड्डयन कार्यालयसुर्खेतका कार्यालय प्रमुख उमेशकुमार पन्थीले जानकारी दिनुभयो स्थानीय नागरिक सरोकार समिति आएर लागत कार्य शुरु गर्नखोज्दा फिल्डमै अवरोध भयो,” कार्यालय प्रमुख पन्थीले भन्नुभयो, “प्राविधिकलाई काम गर्न अवरोध भएपछि अहिले विमानस्थलको कुनैपनि काम अघि बढ्न सकेको छैन प्रविधिलाई नै बल प्रयोग हुने अवस्था आएकाले काम रोकिएको उहाँले बताउनुभयो

उहाँले भन्नुभयो, “एकातिर स्थानीयवासीले सकेसम्म विमानस्थलको काम नभइदिए हुन्थ्यो भन्नुभएको भने अर्कोतर्फ विकास विरोधीपनि नभएको बताउनुहुन्छ पिलगत सङ्कलन स्थगनले थप काम हुनसकेको छैन मुख्यमन्त्रीको संयोजकत्वमा बसेको बैठकलेसर्वदलीय, सर्वपक्षीय, उच्चस्तरका व्यक्ति सम्मिलित सहजीकरण समिति गठन गरी विमानस्थल निर्माणमा आइपरेका बाधा फुकाउनकालागि आउने समस्याको सहजीकरण गर्ने गरेको निर्णयअनुसार काममा आएको वातावरण सहज बनाइदिन भनेर सरोकार समितिलेदिएको निवेदन त्यतै पठाएको उहाँले जनाउनुभयो

उहाँका अनुसार विमानस्थल पूर्व पश्चिम थोरै फैलिने उत्तरमा १८० मिटरका हिसाबले ५१० मिटरसम्म ९० मिटरमा ६० मिटर चौडाइमाविस्तार हुनेछ दक्षिणतर्फ फेन्सिङ लाइनबाट ४०० मिटर लम्बाइ चौडाइ ४० देखि ६० मिटरमा फैलिने गरी चारै दिशाको जमीनकोक्षेत्रफल तोकिए पनि मिडियाले आफ्नै ढङ्गले लेखिदिँदा झन समस्या आएको प्रमुख पन्थीको भनाइ थियो

सुर्खेत विमानस्थल विस्तार प्रभावित नागरिक सरोकार समितिका संयोजक टीकाराम आचार्यले विमानस्थल विस्तार भन्दा विकल्प खोज्नुपर्ने बताउनुभयो रासससँग कुरा गर्दै संयोजक आचार्यले भन्नुभयो, “सुर्खेत विमानस्थलको दिगोपन , प्राविधिक दृष्टिकोणलेयसलाई उपयुक्त मान्न सकिन्छ

आर्थिक लागत यसबाट विस्थापित हुनेको व्यवस्थापनको चुनौतीले पनि विमानस्थलको विकल्प खोज्नु अझ बढी फाइदा उहाँलेमुआब्जा घटी बढी के हुने भन्नेतर्फ नागरिकको सरोकार नरहेको बताउँदै विमानस्थल विस्तारबाट नगरपालिकाभित्रका १० १२ वडाकासमुदायका ९२३ घर, विद्यालय, सहकारीलगायतका सार्वजनिक संस्था विस्थापित हुने भएकाले तिनको व्यवस्थापन तथा मुआब्जामै रु२० अर्ब खर्च लाग्ने भएकाले सरकारलाई विकल्प खोज्न आग्रह गरिएको जनाउनुभयो

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले यो समस्याको समाधानको अधिकार क्षेत्र प्रदेश तथास्थानीय सरकारको रहेको बरु आफ्नो तर्फबाट समन्वय गरिरहेको जनाउनुभयो मुआब्जालगायतका विविध पक्षमा आउने समस्याकाविषयमा प्रशासनले काम गर्ने प्रजिअ रेग्मीको भनाइ थियो यता वीरेन्द्रनगर नगरपालिकाकाले विमानस्थलको विकल्प खोज्नु पर्ने निर्णयगरिसकेको नगरपालिकाले कार्यपालिकाको निर्णयसहित कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय नागरिकउड्डयन कार्यालय काठमाडौँलाई विमानस्थल निर्माणको विकल्प खोज्न पत्राचार गरिसकेको

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले विमानस्थल निर्माणको विकल्पका बारेमासरोकारवालासँग गर्ने छलफल गर्ने त्यही अनुरुप अघि बढ्ने बताउनुभयो विकासमा अवरोध आउने बजेट फ्रिज जाने सवालमा सबैसरोकारवालालाई संवेदनशील हुन प्रवक्ता केसीले आग्रह गर्नुभएको यही गएको असोज १५ गतेका दिन संस्कृति पर्यटन तथानागरिक उड्डयन मन्त्रालय कर्णाली प्रदेश सरकारबीच ५०÷५० प्रतिशत व्यहोर्ने गरी रु अर्बको लागतमा विमानस्थल विस्तार तथास्तरोन्नति गर्ने समझदारी भएको थियो वीरेन्द्रनगर नगरपालिकाको विकल्प खोज्ने निर्णय प्रभावित क्षेत्रका समुदायको विरोधले हालविमानस्थल निर्माण कार्य अन्योलमा परेको

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago