Categories: समाज

सुर्खेत विमानस्थल निर्माण अन्योलमा

कर्णाली,  सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति एवं विस्तार गर्ने भनिएको सुर्खेत विमानस्थलको निर्माण कार्य अन्योलमा परेको विमानस्थलका लागि अधिग्रहण गर्ने भनिएको ३० बिघा जमीन त्यहाँ निर्माण भएका घरको लगत सङ्कलन कार्य नै अगाडि बढ्ननसक्दा विमानस्थलको निर्माण कार्य अन्योलमा परेको हो

स्थानीयवासीले प्राविधिक कर्मचारीलाई फिल्डमा गएर काम गर्न नदिएपछि निर्माण कार्य स्थगन भएको नागरिक उड्डयन कार्यालयसुर्खेतका कार्यालय प्रमुख उमेशकुमार पन्थीले जानकारी दिनुभयो स्थानीय नागरिक सरोकार समिति आएर लागत कार्य शुरु गर्नखोज्दा फिल्डमै अवरोध भयो,” कार्यालय प्रमुख पन्थीले भन्नुभयो, “प्राविधिकलाई काम गर्न अवरोध भएपछि अहिले विमानस्थलको कुनैपनि काम अघि बढ्न सकेको छैन प्रविधिलाई नै बल प्रयोग हुने अवस्था आएकाले काम रोकिएको उहाँले बताउनुभयो

उहाँले भन्नुभयो, “एकातिर स्थानीयवासीले सकेसम्म विमानस्थलको काम नभइदिए हुन्थ्यो भन्नुभएको भने अर्कोतर्फ विकास विरोधीपनि नभएको बताउनुहुन्छ पिलगत सङ्कलन स्थगनले थप काम हुनसकेको छैन मुख्यमन्त्रीको संयोजकत्वमा बसेको बैठकलेसर्वदलीय, सर्वपक्षीय, उच्चस्तरका व्यक्ति सम्मिलित सहजीकरण समिति गठन गरी विमानस्थल निर्माणमा आइपरेका बाधा फुकाउनकालागि आउने समस्याको सहजीकरण गर्ने गरेको निर्णयअनुसार काममा आएको वातावरण सहज बनाइदिन भनेर सरोकार समितिलेदिएको निवेदन त्यतै पठाएको उहाँले जनाउनुभयो

उहाँका अनुसार विमानस्थल पूर्व पश्चिम थोरै फैलिने उत्तरमा १८० मिटरका हिसाबले ५१० मिटरसम्म ९० मिटरमा ६० मिटर चौडाइमाविस्तार हुनेछ दक्षिणतर्फ फेन्सिङ लाइनबाट ४०० मिटर लम्बाइ चौडाइ ४० देखि ६० मिटरमा फैलिने गरी चारै दिशाको जमीनकोक्षेत्रफल तोकिए पनि मिडियाले आफ्नै ढङ्गले लेखिदिँदा झन समस्या आएको प्रमुख पन्थीको भनाइ थियो

सुर्खेत विमानस्थल विस्तार प्रभावित नागरिक सरोकार समितिका संयोजक टीकाराम आचार्यले विमानस्थल विस्तार भन्दा विकल्प खोज्नुपर्ने बताउनुभयो रासससँग कुरा गर्दै संयोजक आचार्यले भन्नुभयो, “सुर्खेत विमानस्थलको दिगोपन , प्राविधिक दृष्टिकोणलेयसलाई उपयुक्त मान्न सकिन्छ

आर्थिक लागत यसबाट विस्थापित हुनेको व्यवस्थापनको चुनौतीले पनि विमानस्थलको विकल्प खोज्नु अझ बढी फाइदा उहाँलेमुआब्जा घटी बढी के हुने भन्नेतर्फ नागरिकको सरोकार नरहेको बताउँदै विमानस्थल विस्तारबाट नगरपालिकाभित्रका १० १२ वडाकासमुदायका ९२३ घर, विद्यालय, सहकारीलगायतका सार्वजनिक संस्था विस्थापित हुने भएकाले तिनको व्यवस्थापन तथा मुआब्जामै रु२० अर्ब खर्च लाग्ने भएकाले सरकारलाई विकल्प खोज्न आग्रह गरिएको जनाउनुभयो

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले यो समस्याको समाधानको अधिकार क्षेत्र प्रदेश तथास्थानीय सरकारको रहेको बरु आफ्नो तर्फबाट समन्वय गरिरहेको जनाउनुभयो मुआब्जालगायतका विविध पक्षमा आउने समस्याकाविषयमा प्रशासनले काम गर्ने प्रजिअ रेग्मीको भनाइ थियो यता वीरेन्द्रनगर नगरपालिकाकाले विमानस्थलको विकल्प खोज्नु पर्ने निर्णयगरिसकेको नगरपालिकाले कार्यपालिकाको निर्णयसहित कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय नागरिकउड्डयन कार्यालय काठमाडौँलाई विमानस्थल निर्माणको विकल्प खोज्न पत्राचार गरिसकेको

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले विमानस्थल निर्माणको विकल्पका बारेमासरोकारवालासँग गर्ने छलफल गर्ने त्यही अनुरुप अघि बढ्ने बताउनुभयो विकासमा अवरोध आउने बजेट फ्रिज जाने सवालमा सबैसरोकारवालालाई संवेदनशील हुन प्रवक्ता केसीले आग्रह गर्नुभएको यही गएको असोज १५ गतेका दिन संस्कृति पर्यटन तथानागरिक उड्डयन मन्त्रालय कर्णाली प्रदेश सरकारबीच ५०÷५० प्रतिशत व्यहोर्ने गरी रु अर्बको लागतमा विमानस्थल विस्तार तथास्तरोन्नति गर्ने समझदारी भएको थियो वीरेन्द्रनगर नगरपालिकाको विकल्प खोज्ने निर्णय प्रभावित क्षेत्रका समुदायको विरोधले हालविमानस्थल निर्माण कार्य अन्योलमा परेको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago