काठमाडौँ, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायली राजदूत हनान गोदर– गोल्डबर्गरबीच नेपालको कृषि र वनविकासका क्षेत्रमा सहयोगका विषयमा छलफल भएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले नेपालमा उल्लेख्य वन विकास गर्न, यहाँ जडिबुटीको केन्द्र स्थापना गर्न र नेपाली किसानलाई इजरायली वन र कृषि प्रविधि सिकाउनका लागि इजरायलसँग सहयोगकालागि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “इजरायलले नेपालको कृषि क्षेत्रमा निकै उल्लेख्य सहयोग गरेको छ, अब वन विकासका क्षेत्रमा पनि सहयोग गर्नआग्रह गर्दछु ।” लामो समयदेखि दुई देशबीच कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहँदै आएको जनाउँदै मन्त्रीआलेले आगामी दिनमा वन विकासका क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभयो ।
मन्त्री आलेले इजरायल नेपाली कामदारका लागि सुरक्षित गन्तव्यका रूपमा रहेको बताउँदै आगामी दिनमा पनि त्यसमा सहयोगगर्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा इजरायली राजदूत गोल्डबर्गरले वनसहित अन्य क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न इजरायल आतुर रहेकोबताउनुभयो । राजदूत गोल्डबर्गरले भन्नुभयो, “हामीले नेपालका कृषि, पर्यटनलगायत थुप्रै क्षेत्रको विकासमा सहयोग गर्दै आएका छौँ, अब वन विकासका क्षेत्रमा पनि सहयोग अगाडि बढाउँछौँ । सो अवसरमा वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीलगायतकोसहभागिता थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…