१० जेठ, काठमाडौं । इटालियन सिरी ए च्याम्पियन बनिसकेको इन्टर मिलानले सिजनको अन्तिम खेलमा उडिनेसेलाई ५–१ ले पराजितगरेको छ ।
आइतबार घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जिताउन एस्ले योङ, क्रिस्टियन एरिक्सन,लाउटरो मार्टिनेज, इभान पेरिसिच र रोमेलुलुकाकुले गोल गरे । उडीनेजेका रोबर्टो पेरेराले एक गोल फर्काए ।
अन्तिम खेलमा शानदार जितपछि इन्टरले ११ वर्षपछि सिरी ए ट्रफी उचालेको छ । इन्टरले सन् २०१० मा पछिल्लो पटक सिरी ए जितेकोथियो ।
इन्टरले यस सिजन ३८ खेलबाट ९१ अंक जोड्यो । इन्टर मिलानसँगै दोस्रो स्थानको एटलान्टाले अर्को सिजन च्याम्पियन्स लिगमा स्थानपक्का गरिसकेको छ । तर एसी मिलान साविक विजेता युभेन्ट्स र नापोली च्याम्पियन्स लिगको बाँकी दुई स्थानका लागि होडमा छ ।
आजै राति मिलानले अन्तिम खेलमा एटलान्टासँग खेल्नेछ भने नापोलीले हेलास भेरोना र युभेन्ट्स बोलोग्नासँग खेल्नेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…