ओली पक्षीय नेताहरू नाटकीय ढङ्गले पार्टी एकताको पक्षमा

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेताहरू नाटकीय ढंगले पार्टी एकताको पक्षमा उभिएका छन् ।

फाइल फोटो

संविधानसभाको पूर्व अध्यक्ष समेत रहेका ओली समूहका नेता सुवास नेम्वाङदेखि पार्टीमा विभाजनपछि जिल्ला–जिल्लामा ओली समूहको पार्टी कार्यालयको व्यवस्था र संगठन निर्माणमा जुटेका महेश बस्नेतसम्मले पार्टी एकता जोगाउनुपर्ने धारणा राखिसकेका छन् ।

सर्वोच्च अदालतको फैसला आएको भोलिपल्टै ओली पक्षीय नेताहरू नाटकीय ढंगमा परिवर्तन भएका छन् । ओली समूहका प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले प्रतिनिधि सभा पुनस्र्थापनापछि दाहाल–नेपाल समूहले आफ्नो पार्टीमा छलफल नगरी विपक्षी दलहरूसँग छलफल गरेकोमा आपत्ति जनाएका छन् ।
आजै ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेर प्रतिनिधि सभा बैठक बोलाउन दिएको आदेश कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

स्थायी समिति बैठकमा आगामी राजनीतिक कदम के हुने भन्ने सम्बन्धमा छलफल पनि भएको छ । ओली पक्षीय नेताहरूले गैर–कम्युनिष्ट नेतृत्वमा सरकार बनाउन विपक्षी दलहरूसँग छलफल अघि बढाउनुभन्दा कम्युनिष्टकै नेतृत्वमा सरकार बन्नुपर्ने बताउन थालेका छन् ।

बैठकपछि ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले दाहाल–नेपालतर्फ संकेत गर्दै भनेका छन्, ‘सरकार बनाउन बाहिर–बाहिर छलफल गरेर पार्टी एकता कसरी बच्ला र खै ?’ ज्ञवालीको यो भनाइ रोदनरूपी धम्कीका रूपमा बुझिएको छ ।

दाहाल–नेपाल लचक भए उनीहरू पार्टी एकताकै पक्षमा रहेका ओली पक्षीय नेताहरूले स्पष्ट संकेत गरेका छन् । ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि गैर–कम्युनिष्ट नेतृत्वमा सरकार बनाउन दाहाल–नेपालले यत्रो मथापच्चीसी गरेको भन्दै ओली समूहसँग छलफल अघि बढाए कम्युनिष्ट नेतृत्वमै सरकार बन्न सक्ने बताएका छन् ।

स्वयं प्रधानमन्त्री ओली नै पनि पार्टी एकताको पक्षमा देखिएका छन् । ‘दुई भाईले लड्डू ख्वाई–ख्वाई गर्नुभएको छ । मुख मिठा गरेर उहाँहरूले के पाउनुहुन्छ हेरौंला,’ ओलीले आज कृषि मन्त्रालयको माटोको डिजिटल नक्सा सार्वजनिक गर्ने कार्यक्रममा भनेका छन् । ओलीले पनि ‘हेरौंला’ भनेर दाहाल–नेपाललाई धम्क्याएर छलफल गरे समाधान निस्कने आशय व्यक्त गरेका छन् ।

 राधाकृष्ण मैनाली लाई जवाफ दिदैं प्रधानमन्त्री ओलीले भनेका थिए, ‘विचरा ! आरके जी मेरो मित्र हुनुहुन्छ । तर बडा सोझो हुनुहुन्छ । उहाँले राजनीति बुझ्नुहुन्न ।’ तर आरकेले बुझेको राजनीति नै यथार्थमा परिणत हुने देखिएपछि ओली पक्षीय नेताहरु अत्तालिएका छन् ।

दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले दक्षिण अफ्रिकाको द्वन्द्व व्यवस्थापनमा प्रयोग भएको सूत्र ‘फर्गिभ बट नट फर्गेट’ (माफी दिने तर नबिर्सने) नेकपामा अघि बढाउने संकेत स्वरुप ट्वीट गरेका छन् । त्यस्तै दाहाल–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफू निकट सांसदहरूको बैठकमा ओली पक्षीय सांसदहरू आफ्नो समूहमा आउने क्रममा रहेकाले उनीहरूलाई अपमान नगर्न आग्रह गरेका छन् । 

विगतमा कम्युनिष्ट पार्टीहरूमा फुटले मालेका नेता सीपी मैनाली झैं ओलीको ‘राजनीतिक स्पेस’ खुम्चने देखिएकाले पनि ओली पक्षीय नेताहरू लचक भएर दाहाल वा नेपाललाई प्रधानमन्त्री बनाएर नेकपाको एकता बचाउँदै सोही दलको नेतृत्वमा सरकार बनाउन कस्सिएका छन् ।

प्रतिनिधि सभा पुनस्र्थापना भए ओलीको हैसियत सीपी मैनाली सरह हुन्छ भन्ने भविष्यवाणी गरेका पुराना कम्युनिष्ट नेता एवं २०४७ सालको जनआन्दोलनमा तत्कालीन वाममोर्चाका संयोजक राधाकृष्ण (आरके) मैनालीले ओलीको राजनीतिक भविष्य सीपी मैनालीको झै हुने हुने विश्लेषण गरेका थिए । राधाकृष्ण मैनाली लाई जवाफ दिदैं प्रधानमन्त्री ओलीले भनेका थिए, ‘विचरा ! आरके जी मेरो मित्र हुनुहुन्छ । तर बडा सोझो हुनुहुन्छ । उहाँले राजनीति बुझ्नुहुन्न ।’ तर आरकेले बुझेको राजनीति नै यथार्थमा परिणत हुने देखिएपछि ओली पक्षीय नेताहरु अत्तालिएका छन् ।

ओलीको राजनीतिक ‘स्पेस’ खुम्चने चिन्ताले सुवास नेम्वाङले समेत आजै आफूले प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभा विघटन गर्नु संवैधानिक हिसाबले पनि र राजनीतिक हिसाबले पनि अनुचित हुने सल्लाह दिएको तर प्रधानमन्त्री ओलीले नमानेको भन्न भ्याएका छन् ।

कम्युनिष्ट पार्टीमा जुट र फुटको श्रृंखला लामो भएपनि नेकपा भित्रको विग्रहले पार्टी विभाजनको डिलमा पुगिसकेको थियो । प्रतिनिधि सभा पुनस्र्थापना भए प्रधानमन्त्री ओलीले नयाँ दल दर्ता गर्ने दाहाल–नेपाल समूहको अनुमानका बाबजुद पनि ओली भने कुनै हालतमा नेकपाभित्रै रहने दाउमा देखिन्छन् । यसका लागि आफू निकट नेताहरूमार्फत् उनले दाहाल–नेपालसँग ‘बार्गेनिङ’ शुरु गरेका छन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago