‘चरी जेलैमा’पछि विष्णु माझीकाे ‘दशैँ तिहार आइसक्यो’ सार्वजनिक (भिडियाेसहित)

फाइल फोटो

‘चरी जेलैमा’को चर्चा सेलाउन नपाउँदै लोकप्रिय गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘दशैँ तिहार आइसक्यो’ बोलको गीत बुधबार सार्वजनिक भएको हो ।

सपना म्युजिक इन्ड्रष्टिज युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा पनि विणुकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ । विष्णु माझीको लिड भोकल रहेको उक्त गीतमा महिमा आचार्यको कोरस भोकल रहेको छ ।

नजिकिँदै गरेको नेपालीहरुको महान् पर्व दशैँ र तिहारलाई लक्षित गरेर निकालिएको ‘दशैँ तिहार आइसक्यो’ गीतले पनि छोटो समयमा निकै चर्चा कमाएको छ । युट्युबमा सार्वजनिक भएको २२ घण्टामा नै ५ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।

सुन्दरमणि अधिकारीकै निर्देशन र अभिनयमा तयार भएको गीतमा नायिकाको भूमिकामा प्रिया विष्ट देखिएकी छिन् । सम्भु चालिसेको छायांकन रहेको गीतलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

गीतमा दशैँ तिहार आएको झल्को आइसकेको भन्दै परदेशीहरुलाई बोलाइएको छ ।

गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago