सुरक्षा रणनीति तय गर्न सैनिक मुख्यालयमा छलफल

काठमाडौ ।नेपाली सेनाको बार्षिक नीति निर्माण गर्ने उदेश्यले प्रथम कमाण्ड सेनापति सम्मेलन बिहीबारबाट सैनिक मुख्यालयमा शुरु भएको छ । मुलुकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा छलफल गर्न र आगामी दिनमा अप्नाउने पर्ने रणनीतिका बारेमा उक्त सम्मेलनमा छलफल हुने भएको छ ।
फाइल फोटो

नेपाली सेनाले आफ्नो संरचनालाई कमाण्ड अवधारणामा लगेपछि पहिलो पटक उक्त सम्मेलन भएको हो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको थियो । सम्मेलनमा ४ कमाण्डका प्रमुखहरु, मुख्यालय भित्र रहेको बिभागका प्रमुखहरु, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरुको सहभागिता रहेको छ ।सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्गको रुपमा रहेको नेपाली सेनाको रणनैतिक तहमा सञ्चालन हुने यस किसिमको सम्मेलनले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्दै आगामी दिनमा आउने चुनौतीको सामना गर्न सक्षम हुनु पर्ने बताउनुभयो ।

उहांले नेपाली सेनाद्वारा भईरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालन गर्न योजना गरेका दीर्घकालीन महत्वका कामको श्रोत सुनिश्चितता गर्न सरकारको हरसम्भव प्रयास गर्ने जानकारी दिनु भएको थियो ।प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र सरकारका विधिसम्मत आदेशहरु अक्षरसः पालना गर्न कटिबद्ध रहेको बताउनु भयो । उहांले प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा सधै सेना अडिक विश्वास व्यक्त गर्दै देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसंग सरोकार राख्ने सबै प्रकारका गतिविधिका बारेमा सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै रहेको र त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतिलाई सामना गर्न सेना सदैव तयारी अवस्थामा रहेको समेत जानकारी गराउनु भएको थियो ।

रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले राष्ट्रिय सुरक्षाको संरक्षण र सम्बर्धनका लागि नेपाली सेनाले अघि सारेका सबै योजनाहरु, मूलतः नेपाली सेनाको दीर्घकालिन सोच–२०८७ तथा पुनर्संरचनाका कार्यको सफल कार्यान्वयनमा नेपाली सेनालाई आवश्यक पर्ने सुझाव वा सहयोग एवं सहजिकरणका लागि मन्त्रालय सदैव प्रतिबद्ध रहेको जानकारी गराउनु भएको थियो। सम्मेलनमा नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुख तथा कमाण्ड सेनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण शुरु गरेका छन ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पछि प्राप्त हुने राय सुझावले आगामी दिनमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago