आर्थिक अभावले गौतम बुद्ध क्रिकेट रंगशालाको काम रोकियो ।

कविकिरण न्यौपाने, टोकियो ।  जनस्तरबाट निर्माण भई रहेको बहुप्रतिक्षित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ। आर्थिक अभाव अनि बोलकबोल गरिएको आर्थिक सहयोग पनि प्राप्त नभए पछि निर्णाण कार्य बन्द हुन पुगेको छ। जस्का कारण रंगशालाको अबको भबिश्य के हुन्छ चिन्ताको विषय बनेको छ।

यतिबेला खेल मैदानमा दुबो रोप्ने र सामान्य आन्तरिक कामबाहेक अरु बन्द छन् । धुर्मुस -सुन्तली फाउण्डेसनले भरतपुर महानगरसँग निर्माण थालेको २ वर्षभित्र बनाएर हस्तान्तरण गरिसक्ने सम्झौता गरेको थियो । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको यो रंगशालामा अहिलेसम्म करिब ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । धुर्मुस -सुन्तली फाउण्डेसनले अहिलेसम्म गरेको ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्चमध्ये करिब १६ करोड २ लाख उधारो तिर्न बाँकी छ। अहिलेसम्म अभियान चलाएर उठेको रकम ३८ करोड ५९ लाख ३२ हजार ७ सय ४१ रुपैयाँ मात्रै भएको रंगशाला निर्माण परियोजनाका आर्थिक प्रशासन शाखाका मुक्ति तिमिल्सिनाले बताए।

आर्थिक संकलनको लागी केहि महिना अघि मात्रै र्धुमुस – सुन्तली सहित कलाकारको टोलिले मेचि – महाकाली अभियान समेत चलाएका थिए। विश्वभर अनि नेपालमा फैलिएको कोरोना संक्रमणका कारण पनि सहयोग रकम न्यून संकलन भएकाले समस्या आएको बताइएको छ। अझ आर्थिक संकलनका लागी धनधान्याचल महायज्ञ पनि गरिएको थियो । तर महायज्ञमा बोलकबोल गरिएका अधिकांश व्यक्ति तथा संघ -संस्थाले सहयोग रकम दाखिला गरेका छैनन्। ६९ करोड बोलिएकामध्ये ९ करोड रकम मात्रै उठेको छ । ‘सुरुमा धेरैले बोल्नुभयो,’ फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल भन्छन्, ‘कतिपयलाई आफू प्रतिष्ठित देखिने रहर पनि भयो होला, हौसिएर बोल्नुभयो । तर, दिन गाह्रो भयो ’ कट्टेलको अनुरोध छ, ‘रंगशाला निर्माण भयो भने सबैको गौरव बढ्ने हो, सबैले मेरै हो भन्ने हिसाबले सहयोग गर्नुस् ।’ जापान लगाएत विश्वभरबाट नेपाली तथा नेपालीहरुको संघ – संस्थाहरुबाट प्रतिबद्धता गरिएका सहयोग सामाग्री तथा रकम पनि नआएको बताइएको छ। 

सबैको साथ र सहयोग भयो र स्रोत जुट्यो भने ६ महिनादेखि १ वर्षसम्ममा पूरै संरचना नै तयार हुने धुर्मुस -सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले (धुमुस )बताए । तर, सहयोग जुटेको अहिलेसम्मको अवस्था हेर्दा त्यसो भइहाल्ने देखिँदैन । ‘यति धेरै बक्यौता तिर्ने मेरो सामथ्र्य छैन’, उनले भने, ‘मैले त सरकारलाई नै गुहार्ने हो, किनकि हिजो सरकारकै उपस्थितिमा घोषणा भएको हो, जवाफदेही सरकार पनि हुनुपर्छ । त्यसैलेआर्थिक स्रोत जुटाउन अर्थ मन्त्रालयमा प्रस्तावना लिएर गएको उनले बताए।

त्यसै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालका अनुसार   कोविटका कारण आर्थिक संकलन हुन नसकेर यस्तो समस्या आएको हो , चितवनमा आयोजित सार्वजनिक कार्यक्रममा उनले भनिन यो रंगशालामा धेरै नेपालीको पसीना परेको छ, सबैको प्रयासले मात्र यो निर्माण सम्भव छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago