पाल्पा । कोरोना संक्रमणको दर दैनिक रुपमा बढ्दै छ । ६१ जनाको पिसिआर परीक्षण गर्दा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार
थपिएका मध्ये २२ पुरुष तथा ८ जना महिला रहेका छन ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार थपिएका मध्ये तानसेन तथा अस्पतालका ४ महिला र ६ पुरुष, माथागढीका ७ पुरुष र ४ महिला, रैनादेवी छहराका ४ पुरुष, बगनासकाली गाउँपालिकाका २ पुरुष तथा निस्दी, पूर्वखोला र रिब्दीकोट गाउँपालिकाका १/१ जना पुरुषहरु रहेका छन् । यो संगै जिल्लामा २ हजार १ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । जस मध्ये ३८ जनाले ज्यान गुमाएका छन भने १ सय २२ जना सकृय संक्रमित रहेका छन । अन्य संक्रमीत भने निको भएका छन ।
संक्रमणको दर दैनिक रूपमा बढेपनी स्वास्थ्यका न्युनतम मापदण्ड पालना गरिएको छैन । जसका कारण समुदायमा त्रास बढेको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…