गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले एनआरएनएको सदस्य बन्ने समयसिमा ५ दिन थप गरेको छ । एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्को बैठकले सदस्य बन्न अपिल गर्दै समय सिमा थप गरिएको हो ।
एनआरएनए जापानको केन्द्रिय कार्यसमितिको मिति २०२१–०४–२३ तारिक शुक्रबार बसेको बैठकले यहि अप्रिल २५ मा सकिने सदस्यता आह्वानलाई ५ दिन थप गरि अप्रिल ३० तारिखको रातको १२ बजे सम्म बढाएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले एक विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले २०२१(२०२३ कार्यकालको लागि सदस्यता आह्वान गत फेब्रुवरी २५ देखि यही अप्रिल २५ सम्म २ महिनाको समयावधी तोकिएको थियो, सदस्यता आह्वान पश्चात बिभिन्न कार्यक्रम, मिडिया मार्फत जापानवासी नेपाली दाजुभाई दिदीबहिनिहरुलाई एनआरएनएको सदस्यता लिई यस अभियानमा जोडिन अपिल गरेको विज्ञप्तिमा उल्लेख छ ।
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको मिटिङ्गबाट क्षेत्र देखि केन्द्रसम्मको आगामी नयाँ कार्यसमिति चयनको लागि महाधिबेशन मिति पनि सार्वजनिक गरेको छ । क्षेत्रिय कार्यसमितिको महाधिबेशन यहि आउदो मे १५ देखि जुन १५ सम्म सम्पन्न गरिसक्नु पर्ने छ भने केन्द्रको महाधिबेशन भने जुलाई २५ मा गर्ने निर्धारण गरिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…