Categories: समाज

चैते धान रोप्न चटारो

भजनी,कैलालीको भजनी नगरपालिका का खडक साउद यतिबेला खेतमा व्यस्त हुनुहुन्छ चैते धान रोप्ने चटारोले खडकको परिवार सबैखेतमै हुनुहुन्छ उहाँले भजनीका अधिकांश किसान अहिले धान रोप्ने चटारोमा रहेको बताउनुभयो

गत साउनमा आएको बाढीले किसानले लगाएको अधिकांश धानबाली नष्ट ¥यो धेरै किसानले वर्षे धान भित्र्याउन पाएनन”, खडकले भन्नुभयो, “यस वर्ष सबै किसान चैते धानको पछाडि लागेका छन् उत्पादन राम्रो, डुबान बगानको समस्या पनि नहुने समयमैधान भित्र्याउन पाउने भएकै कारण किसानको आकर्षण बढ्दै गएको हो

  भजनी चर्राका मनिराम चौधरी चैते धान रोप्नमा व्यस्त हुनुहुन्छ उहाँले  हरेक वर्ष करीब एक बिघा जग्गामा चैते धान रोप्दैआउनुभएको उहाँको पाँच जनाको परिवारलाई त्यही खेतमा फलेको चैते धान वर्षभरिका लागि खान पुग्छ यस क्षेत्रमा वर्षे खेतीहुँदैन हिउँदमा दुई खेती गर्ने गरेका छौँ”, मनिरामले भन्नुभयो, “दलहन तेलहन बाली भित्र्याएपछि धानखेती हुन्छ भने हाम्रा लागिवर्षात्को समयमा फुर्सद हुन्छ

मलवारा क्षेत्रका कतिपय किसान चैते धान रोप्नमा व्यस्त छन् जिल्लाको भजनी नगरपालिकाका साथै जोशीपुर जानकीगाउँपालिकाका किसान चैते धानखेती गर्दै आउनुभएको भजनी क्षेत्रमा वर्षे धानको उत्पादन त्यति राम्रो हुँदैन त्यसैमा पनि बाढीकाकारण लगाएको खेती पनि किसानले भित्र्याउन पाउँदैनन् चैते धानकै कारण किसानले भात खान पाएको उहाँहरुको भनाइ

चैते धानखेती किसानका लागि थप आम्दानीको स्रोत बनेको उनीहरु अघिपछि सोही खेतबारीमा तोरी, गहुँ, मसुरोलगायतकाबाली फलाउँछन् कतिपय किसानले दोहोरो धानखेतीसमेत गर्ने गरेका छन् बाढी प्रभावितबाहेकका क्षेत्रका किसानले दोहोरो धानखेतीगर्ने गरेको पाइन्छ

  जानकी गाउँपालिका मुनुवाका हरिप्रसाद कठरीया वर्षेनी दुईपटक धान रोप्नुहुन्छ उहाँका अनुसार एकपटकको धानखेतीलेपरिवार पाल्न पुग्छ भने अर्को पटकको धानखेतीको उत्पादन बेच्ने गर्नुहुन्छ उहाँले पनि वर्षेनी एक बिघा क्षेत्रफलमा धानखेती गर्ने गरेकोबताउनुभएको

चैते धानखेती थप आम्दानीको स्रोत बनेको केही वर्ष सिँचाइको समस्याले धान रोपाइ हुन सकेको थिएन”, उहाँले भन्नुभयो, “रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कुलामा पानी छोड्न थालेपछि पुनःचैते धानको रोपाइँ शुरु भएको हो यसले मेरो आर्थिकअवस्थामा सुधार भइरहेको

खासगरी बाढी प्रभावित क्षेत्रका किसान चैते धान रोप्ने गरेका छन् उहाँहरु वर्षायाममा धानखेती रोप्न पाउँदैनन् उहाँहरुकोखेतबारी बाढीले चुर्लुम्म डुब्ने गरेका कारण धानखेती रोप्न समस्या हुने गरेको हरेक वर्ष बाढीले खेतबारी समुन्द्र बन्छ, कसरी धानरोप्नु ? रोपेको धान पनि खेतमै सखाप हुन्छ   भजनी नगरपालिका कुसुमघाटका विजय साउदले भन्नुभयो, “चैते धान नै परिवारपाल्ने स्रोत बनेको चैते धान रोपेन भने भोकै बस्नुपर्छ किसानले चैते धान रोप्न उपयुक्त समयको ख्याल गर्नुपर्छ थोरै मात्रै समयअघिपछि भए धान उत्पादन राम्रो नहुने किसान बताउँछन् चैते धान रोप्न सहज छैन हरेक कुराको ख्याल गर्नुपर्छ किसान साउँदलेभन्नुभयो, “समयमै रोपेर समयमै भित्र्याउन नसके धान बिग्रन थाल्छ भने उत्पादनमा समेत ह्रास आउँछ

    चैते धानखेतीका लागि किसानले सिँचाइ रासायनिक मलकोसमेत समस्या भोग्दै आएका छन उनीहरुले बोरिङ मोटरकामाध्यमबाट सिँचाइ गर्दै आएका छन् भने रासायनिक मल भने भारतीय सीमावर्ती बजारबाट किनेर ल्याउनुपर्ने बाध्यता उनीहरुलेसमयमा रासायनिक मल पाउन नसके चैते धान ेती प्रभावित हुने गरेको

   चैते धानको खेतीमा खर्च भने बढी हुने गरेको किसान बताउँछन् सिँचाइको सहज सुविधा हँुदैन बोरिङ मोटरबाट सिँचाइ गर्दाखर्च बढ्ने गरेको भजनी नगरपालिका का किसान समीर चौधरीले भन्नुभयो, “खेती नगरे पनि खान चाहिन्छ, गराँै भने पनि खर्चबढी उहाँले समयमै भित्र्याउन नसके वर्षात्का समयमा धान खेतमै रहने बताउँदै छिटै वर्षायाम शुरु भए पनि धान भित्र्याउन समस्याहुने गरेको बताउनुभयो

   कृषि ज्ञानकेन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले गत वर्षको तुलनामा यस वर्ष चैते धान रोपाइँको क्षेत्रफल बढ्ने जानकारी दिनुभयो गत वर्ष करीब एक हजार ५०० हेक्टर क्षेत्रफलमा चैते धानको खेती भएको थियो यस वर्ष दुई हजार हेक्टर क्षेत्रफलमा चैते धानकोखेती हुँदैछ”, उहाँले भन्नुभयो, “हामीले पनि भजनी क्षेत्रमा निःशुल्क ६० देखि ७० मेट्रिकटन धानको बीउ वितरण गरेका छौँ बाढीपीडितक्षेत्रमा चैते धानको खेती वर्षेनी थपिँदै गएको

उहाँले वर्षे धानभन्दा चैते धानको उत्पादन राम्रो हुने भएका कारण किसान बढी आकर्षित हुने गरेको बताइँदै धानका लागि अहिलेकोमौसम उत्तम भएको बताउनुभएको आकाश खुला हुँदा प्रकाशको किरण पाउँछ रोग किराको सङ्क्रमण हुन पाउँदैन”, उहाँलेभन्नुभयो, “मौसमकै कारण धान उत्पादनमा राम्रो हुने गरेको हो उत्पादन बढी हुने भएकाले पनि चैते धानमा आकर्षण बढेको हो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago