किरण कौशल
पाल्पा ६, असार । जेठ महिना देखिनै प्रशस्त पानी परेपछि पाल्पाका फाँटहरुमा धान रोपाइ धमाधम भएको छ । कोरोना कहरले शहर बजार सुनसान भएका बेला गाउँ गाउँमा धान रोप्ने चटारो छ । अधिकांश चिसो पानी अर्थात् चाँडो धान रोप्ने ठुला फाँटहरुमा कृषकहरु रोपाईमा व्यस्त छन् ।
बिगतका बर्षमा असारको मध्ये तिरबाट धान रोपाई हुने भएपनि यसबर्ष जेठमै रोप्न कसिएका हुन् । मौसमले मात्रै साथ दिएको होइन रासायनिक मल पनि सहकारी मार्फत समयमै गाउँ गाउँमा पुगपछि रोपाइ सुरु भएको हो । जिल्लामा ८ हजार ६ सय २० हेक्टरमा बर्षे धान र ७ सय ५ हेक्टरमा चैते धान हुने गर्दछ । कृषकहरुले ठुला ठुला फाँटहरुमा आधुनिक कृषियन्त्रहरुको प्रयोग गरेका छन । कतिपयमा हल गोरु लगाएर रोपाइ गरेका छन् । जेठ महिनामै पानी परेर मुल फुटेपछि गत बर्ष भन्दा चाँडो रोपाइ गरेको गायत्री लामिछानेले बताइन् । चाँडै धान रोप्ने अर्थात चिसो पानी फाँटहरु झडेवा, माडी फाँट, कचल र पूर्वाखोला फाँटहरुमा प्रशस्त धान रोप्न थालिएको छ । गाउँघर परिवार र छिमेकीहरु जुटेर परिम गरेर धान रोपेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…