सांकेतिक तस्बिर फाइल फोटो
काठमाडौँको काँडाघारीमा बस्ने सुत्केरी विनिता भुजेललाई आज खाद्यान्न र आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
श्रीमान्ले छाडेर गएपछि डेढ महिनाकी सुत्केरी विनितालाई घरखर्च चलाउन समस्या भएको राससमार्फत समाचार सार्वजनिक भएपछि आज नगद र खाद्यान्नसहित गरेर झण्डै रु २५ हजार बराबरको सहयोग गरिएको छ । काठमाडौँ काँडाघारी बस्ने ओखलढुङ्गाकी विनिता सुत्केरी भएको २१ दिनमा श्रीमान् देवकुमारले छाडेर गएपछि उहाँलाई अहिले दैनिकी चलाउन धौधौ परेको छ । सोही विषयमा राससले शुक्रबार ‘सुत्केरीको रोदन ः मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…’ शीर्षकमा समाचार सार्वजनिक गरेको थियो । उक्त समाचार थाहा पाएर धादिङ घर भई हाल जर्मनीमा बस्ने आशिका तामाङले झण्डै रु १५ हजार बराबरको नगद र खाद्यान्न सहयोग गर्नुभयो । उहाँले सञ्चालन गरेको आशिका फाउन्डेशनमार्फत काठमाडौँ बस्ने तनहुँका सन्दीप बस्नेतले आज रु चार हजारभन्दा बढीको ग्यास, खाद्यान्न र नगद रु १० हजार हस्तान्तरण गर्नुभयो । काँडाघारीस्थित कोठामै पुगेर सहयोग हस्तान्तरण गर्दै बस्नेतले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो । उहाँले पारिवारिक समस्याका कारण पढाइ छाडेकी १२ वर्षीया छोरी सुमित्राको पठनपाठनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । गोल्छा अर्गनाइजेशनअन्तर्गतको हुलास पावरका महाप्रबन्धक प्रितमकुमार काफ्लेले पनि आजै विनितालाई नगद रु १० हजार सहयोग गर्नुभएको छ । उहाँले सुत्केरी विनितालाई एक्लै हुँदाको पीडामा केही राहत मिलोस् भनेर सहयोग गरेको बताउनुभयो । काफ्लेले उपलब्ध गराउनुभएको रकम राससकर्मी नारायण ढुङ्गानाले कोठामै पुगेर हस्तान्तरण गर्नुभएको थियो । समाचारमार्फत विनिताको समस्या थाहा पाएर अमेरिकामा बस्ने सरिता गुरुङले पनि रु १० हजार सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ । अन्य क्षेत्रबाट समेत सहयोग गर्ने प्रतिबद्धता आएको छ । चौध वर्षअघि प्रेम विवाह भएकामा अहिले विनिता २१ दिनको सुत्केरी हुँदा श्रीमान् कहाँ गए कसैलाई पत्तो छैन । उहाँले अर्कै महिला लिएर भागेको विनिताको आरोप छ । उहाँले गएको फागुन २० देखि श्रीमान् घरबाट निस्किएको र २९ गतेदेखि सम्पर्कविहीन भएको बताउनुभयो । श्रीमान्को खोजीका लागिसमेत उहाँले सबैमा अनुरोध गर्नुभएको छ । खोजी गरिदिन भन्दै प्रहरीमा समेत उजूरी परेको छ ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…