रिफरले दिएको सास्ती, बिरामीको बेहाल – सरकारी अस्पतालको दुर्दशा

भविन्द्र गौतम, पाल्पा ।
अस्पताल परिसरमा बाक्लो भिड छ । कोही लाइनमा छन । कोही सिमेन्टको चिसो भुईमा टुक्रुक्क बसेका छन । कोही लट्ठिको सहारामा टोलाउदै छन । कोही हातमा कागज लियर हतारहतार डुलिरहेका छन । यो दृश्य देख्दा अनौठो लाग्छ । आफ्नो र आफन्तको स्वास्थ्य उपचारमा रिफर कागज लिनका लागी पाल्पा अस्पतालमा दिनहु यस्तै हुने गर्छ ।

अस्पतालमा रिफर लिने सेवाग्राहीको भिड तस्बिर नवीन काफ्ले

अस्पताल क्षेत्रमा बिहानैदेखि निकै चहलपहल हुन्छ । दृश्य हेर्दा कुनै मेला लागेजस्तो देखिन्छ तर यो मेला भने होइन । यो स्वास्थ्य बिमाबाट उपचार गराउनेहरु रिफर पत्र लिन जम्मा भएका बिरामी र आफन्तहरुको भिड हो ।

रिफर पत्र लिन टोकन लिएर लाइनमा बसेका नवीन काफ्ले आक्रोशित हुँदै भन्नुहुन्छ “यो पिडा कहिले सम्म भोग्नु पर्ने पाल्पाली जनताले, सम्बन्धित निकाय को ध्यान किन नपुगेको ? पाल्पा जिल्ला हस्पिटल मा टिकट काट्न र रिफर लिन लाइनमा बस्दा-बस्दा बिरामी झन बढी बिरामी हुने अबस्था आयो” ।

स्थानीयले आक्रोशित हुँदै भने “सरकारी अस्पतालमा रिफर लिनमात्र जानुपर्ने नियम लगाई जनतालाई सास्ती भएकाे कुरा याे सरकारले कहिले बुझ्ने। सामान्य अाैषधिकाे ब्यबस्थापन नगरि रिफर लिन मात्र जानुपर्ने बाध्यता बन्द गर” । स्थानिय महेश भट्टराईले पैसा हुनेहरू राजधानी र बिदेश दौड्लान, गरिब जनता कहां जाने ? आज सम्म यो अस्पतालक चलाउने संचालक समिति, पार्टि र जनप्रतिनिधी उत्तरदायी बन्नु पर्दैन ? सेबा सुबिधा थपिएला भन्दा यो बिजोग ! भन्दै प्रश्न गर्नुहुन्छ ।

समस्या सामाधानका लागी पाल्पा उद्योग बाणिज्य संघ, लगाएत पाल्पाका सामाजिक संस्थाले स्वस्थ्य बिमा बोर्डमा ध्यानाकर्षण गराए तर राहतको नाममा कहिकतै सुनुवाइ भएन । यस्तै पाल्पा व्यापार संघ ले पनि यो बिषय मा प्रमुख जिल्ला अधिकारी लाई मा ध्यानआकर्षण गरायको छ ।

ध्यानाकर्षण पत्र बुझाउदै पाल्पा उद्योग बाणिज्य संघका पदाधिकारी ।

पाल्पा अस्पतालबाट टोकन लिएर सामान्य उपचार गर्न २ दिन लाग्छ । कहिले लाइनमा बस्दा टोकन सकिएर फर्किनुपर्ने अवस्था आउछ । अस्पतालका अनुसार दिउँसो १ बजेसम्म टोकन लिन पाइन्छ । टोकन लिएका बिरामिको रिफर पत्र बनाउन २ देखी ३ घन्टासम्म कुर्नुपर्ने हुन्छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीश कुँवर अनुसार अस्पतालमा दैनिक ४ सय देखि ५ सय जना भन्दा धेरैजना उपचारका लागी आउने गर्छन । तर उपचार गर्नुको सट्टा रिफर गर्न हतार अस्पताललाई हुन्छ ।
सामान्यतया अस्पतालमा जुन चिजको उपचार हुन सक्दैन उसको उपचारका लागी रिफर हुनुपर्ने हो तर यहाँभने यस्तो छैन । बिरामीको सामान्य सोधपुछ समेत नगरी सिधै रिफरपत्र बनाइन्छ ।

पाल्पा ब्यापार संघका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी लाई ध्यानाकर्षण गराउदै ।

कोरोनाको समयमा सिधै उपचार गराउन पाइन्थ्यो अहिले भने रिफर पत्र अनिवार्य गरेको छ । स्वास्थ्य बिमाबाट उपचार गराउनेहरुका लागी स्वास्थ्य बिमा बोर्डले गएको फागुन १ गते देखि सरकारी अस्पताल अथवा स्वास्थ्य सेवा केन्द्रबाट अनिवार्य रिफर पत्र लिनुपर्ने बाध्यात्मक ब्यवस्था लागू गर्यो । यो ब्यवस्थाले सहुलियत भन्दा सास्ती थप्यो ।

सरकारले सबै जनतामा स्वास्थ्यको सर्बशुलभ र पहुचका लागी स्वस्थबिमा कार्यक्रम लागू गर्यो । तर यहाँ भने स्वास्थ बिमाका कारण जनताले निकै सास्ती भोग्नुपरेको छ । यो सास्तीपुर्ण ब्यवस्था हटाई सुबिधामा उपचार गर्न पाउने ब्यवस्था सुनिस्चित हुन आवस्यक छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago