ढलको पानीलाई सुद्धिकरण गरि पुन: प्रयोग गर्न समुदायमा अन्तरक्रिया

पाल्पा । लुम्बिनी प्रदेशमा नै नमुनाको रुपमा निर्माण गर्न लागिएको ढलवाट आउने फोहोर पानीलाई सुद्धिकरण गरि पुन: प्रयोजन गर्ने (waste water treatement plant) वारेमा अन्तरक्रिया भएको छ । समुदायलाई जानकारि दिने र स्थानिय समुदायवाट त्यसको प्रतिकृया लिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
युनाइटेड मिशन हस्पिटल सामुदायिक स्वाथ्य विभाग र तानसेन नगरपालिका वडा नम्वर १ अन्तरगत रहेका भुसलडाँडा टोल विकाश संस्था, श्री दुर्गाभवानी टोल विकाश सँस्था र प्रगति टोलविकाश सँस्थाका प्रतिनिधि विच अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा अस्पतालकी समुदाय स्वाथ्य विभाग प्रमुख पार्वती गौतमले सहजीकरण गरेकि थिइन । स्थानिय समुदायहरुले फोहोर पानीलाई प्रशोधित गरि हामीहरुले नै प्रयोग गर्न पाउनु आफैमा सराहनीय कार्य भएको हुँदा यसमा स्थानिय स्तरबाट गर्नुपर्ने सहयोगका लागि आफुहरु तयार भएको सहभागीले बताएका छन । पानी सुद्धिकरण भएपछि प्रशोधित पानी प्रयोजनका लागी सम्वन्धित टोललाई प्राथमिकता दिनुपर्ने बताएका छन ।
उक्त परियोजनाको निर्माण पछि तानसेन नगरपालिकाको यो वडा मात्र नभै पाल्पा जिल्लाकै गौरव बढ्ने र प्रर्यटकलाई हेर्न लायक स्थलको रुपमा आफ्नो ठाउँ रुपान्तरण हुने देखेर आफुलाई खुसि लागेको प्रतिकृया कार्यक्रमका जयराम सापकोटाले दिए । कार्यक्रम भुसलडाँडा टोल विकाश संस्थाका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको थियो ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago