गलकोटमा नेकपा माओवादी केन्द्रको संगठन विस्तार तथा सुदृढिकरण कार्यक्रम

थम्मन थापा बागलुङ कात्तिक २
नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा वडा तहसम्म संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तिव्र पारेको छ । पार्टीले जनता समक्ष आफना एजेण्डा, पार्टीको आगामी कार्यदिशा लगायतका विषयमा जानकारी गराउँदै अभियानलाई अगाडी बढाईएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी  माओवादी केन्द्र गलकोट नगरपालिका वडा नं ४ मा वडा भेला सम्पन्न गरेको छ । भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य तथा गलकोट नगर समिती इन्चार्ज फमलाल निउरेले नेपालको संविधानको रक्षा र माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीको संस्थागत गर्न कम्युनिष्टहरु बिचको एकता आवश्यकता रहेको बताएका छन । निउरेले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र संविधान सभाबाट जारी भएको जनताको संविधान जस्ता विषय माओवादीको ऐजेन्डा भएको बताउँदै अब यी उपलब्धीको संरक्षण सँगै संस्थागत गरि अगाडि बढ्न कम्युनिष्ट एकता आवश्यक रहेको उल्लेख गरे । कम्युनिष्ट पार्टीको ऐजेण्डा अनुसार देशमा परिवर्तन भएको छ, उनले भनें, अब हामी यसलाई कार्यान्वयन र संरक्षणको लागि सबै एकजुट हुन जरुर छ । उनले भिन्न पार्टीमा आवद्ध भएर कम्युनिष्ट निर्णायक शक्ति बन्न नसक्ने बताउदैं एकजुट भएर अगाडि जानुको विकल्प नभएको बताए ।
भेलामा ताराखोला गाँउपालिका अध्यक्ष प्रकाश घर्तीले वर्तमानको आवश्यकता अनुसार सबै कम्युनिष्ट विचार मान्ने नेता तथा कार्यकता एकताबद्ध हुन जरुरी रहेको बताए । कार्यक्रममा अखिल भारत नेपाली एकता मञ्चका केन्द्रिय सचिव चित्र बहादुर भण्डारी, गण्डकी प्रदेश समिति सदस्यमा सिफारीस हुनुभएका शेर बहादुर खड्का, गलकोट नगरपालिका वडा नम्वर ४ का इन्चार्ज चन्द्रदत्त रेग्मी लगायतले मन्तव्य राखेका थिए । भेलाले आगामी कात्तिक १३ गते हुने वडा अधिवेशनको लागि सुर्य भण्डारीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । वडा भेला नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका वडा नं ४ का अध्यक्ष दल वहादुर खड्काको अध्यक्षता, अखिल नेपाल शिक्षक संगठन गलकोट नगर सदस्य तारापती न्यौपानेको स्वागत तथा कल्पना भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका पार्टी सदस्यहरुलाई फुलमाला सहित पार्टीमा स्वागत गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago