गलकोटमा नेकपा माओवादी केन्द्रको संगठन विस्तार तथा सुदृढिकरण कार्यक्रम

थम्मन थापा बागलुङ कात्तिक २
नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा वडा तहसम्म संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तिव्र पारेको छ । पार्टीले जनता समक्ष आफना एजेण्डा, पार्टीको आगामी कार्यदिशा लगायतका विषयमा जानकारी गराउँदै अभियानलाई अगाडी बढाईएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी  माओवादी केन्द्र गलकोट नगरपालिका वडा नं ४ मा वडा भेला सम्पन्न गरेको छ । भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य तथा गलकोट नगर समिती इन्चार्ज फमलाल निउरेले नेपालको संविधानको रक्षा र माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीको संस्थागत गर्न कम्युनिष्टहरु बिचको एकता आवश्यकता रहेको बताएका छन । निउरेले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र संविधान सभाबाट जारी भएको जनताको संविधान जस्ता विषय माओवादीको ऐजेन्डा भएको बताउँदै अब यी उपलब्धीको संरक्षण सँगै संस्थागत गरि अगाडि बढ्न कम्युनिष्ट एकता आवश्यक रहेको उल्लेख गरे । कम्युनिष्ट पार्टीको ऐजेण्डा अनुसार देशमा परिवर्तन भएको छ, उनले भनें, अब हामी यसलाई कार्यान्वयन र संरक्षणको लागि सबै एकजुट हुन जरुर छ । उनले भिन्न पार्टीमा आवद्ध भएर कम्युनिष्ट निर्णायक शक्ति बन्न नसक्ने बताउदैं एकजुट भएर अगाडि जानुको विकल्प नभएको बताए ।
भेलामा ताराखोला गाँउपालिका अध्यक्ष प्रकाश घर्तीले वर्तमानको आवश्यकता अनुसार सबै कम्युनिष्ट विचार मान्ने नेता तथा कार्यकता एकताबद्ध हुन जरुरी रहेको बताए । कार्यक्रममा अखिल भारत नेपाली एकता मञ्चका केन्द्रिय सचिव चित्र बहादुर भण्डारी, गण्डकी प्रदेश समिति सदस्यमा सिफारीस हुनुभएका शेर बहादुर खड्का, गलकोट नगरपालिका वडा नम्वर ४ का इन्चार्ज चन्द्रदत्त रेग्मी लगायतले मन्तव्य राखेका थिए । भेलाले आगामी कात्तिक १३ गते हुने वडा अधिवेशनको लागि सुर्य भण्डारीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । वडा भेला नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका वडा नं ४ का अध्यक्ष दल वहादुर खड्काको अध्यक्षता, अखिल नेपाल शिक्षक संगठन गलकोट नगर सदस्य तारापती न्यौपानेको स्वागत तथा कल्पना भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका पार्टी सदस्यहरुलाई फुलमाला सहित पार्टीमा स्वागत गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago