पहिलो राउण्डमानै जापनिज बक्सरलाई हराउदैं नेपाली बक्सर अबिरल बिजयी ।

कविकिरण न्यौपाने, नागोया । जापानमा तेश्रो ठूलो शहर नागोयामा अबिरल घिमिरे र जापनिज फुजीमुरा बिच बक्सिङ्ग भिडन्तमा अबिरल घिमिरेले सहजै जित हाशिल गरेका छन् । । आफुले कडा मेहेनत गरेको र नेपालीको आशिवार्दले आफु बिजयी  भएको अबिरलले बताएका छन्।

प्रतियोगिता नागोया कंग्रेस हलमा आयोजना गरिएको  थियो। अबिरलले खेलेका हिट ४९को उक्त खेलमा पहिलो राउण्डमा नै जापनिज खेलाडी फुजीमुरा नकआउट गरेका थिए। ३ – ३ मिनेटमा ५ राउण्ड खेलिने उक्त खेल एक राउण्डमा नै सकिएको थियो। प्रतिस्प्रधा गरेका जापनिज फुजीमुरा जापानका राष्ट्रिय स्तरका खेलाडी हुन्।   खेल हेर्न नेपाली तथा जापनिज दर्शकहरूको खचाखच उपस्थिति रहेको थियो। यस अघि पनि अधिकांश खेलमा अबिरलले बिजय हाशिल गरेका थिए। यसपालि पनि अबिरलले कडा मेहनत र नेपाली समुदायको सदभाव र हौशला निरंतर प्रदानले अबिरलले बिजय हाशिल गरेको किक बक्सिङ्ग प्रशिक्षक एवं अबिरलका बुवा देब घिमिरेले बताए। अबिरल मेरो मात्र नभई नेपालीकै छोरा हुन् , उस्ले नेपाल र नेपालीको ईज्जत राखेकोमा खुशी लागेको उनले बताए।

जापानमा हिमालयन चितुवाको नामले प्रख्यात अविरल घिमिरे बक्सिङ्ग खेलको माध्यमद्वारा चम्कदैं गएका छन्। उनलाई मन पर्ने खेल किक बक्सिङ्ग मार्फत उनको चर्चा बढिरहेको हो । उनलाई जापानमा नेपालीले मात्र होइन , जापनिजहरुले पनि चिन्न थालेका छन्।नेपाली युवा किक बक्सिंग खेलाडी अबिरल घिमिरेले जापानमा पछिल्लो समय नयाँ इतिहास रचेका थिए। जापानको राजधानी टोकियोमा गत मार्च २८ तारिक भएको किक बक्सिङको विश्वचर्चित के वन भिडन्तमा जापानी खेलाडीलाई नक आउट गर्दै अबिरलले जित हात पारेका थिए। नेपाली खेलाडीले किक बक्सिङ के वन खेलमा जित निकालेको यो पहिलोपटक थियो। हिमालयन चितुवाको नामले परिचय स्थापित गरेका अबिरल घिमिरेले जापानको राष्ट्रिय स्तरको ‘के फेस्टा’ अर्थात् ‘के वन प्रतियोगितामा चर्चित जापानी किक बक्सर कोतेचुलाई हराएका थिए।

अबिरल २१ बर्षको उमेरमै अन्तर्राष्ट्रिय स्तरको किक बक्सिङ टुर्नामेन्ट खेल्ने पहिलो नेपाली युवा खेलाडी समेत हुन्। अबिरलले खेलेका हिट ४७ व्यवसायिक किक बक्सिङ सहित १५ खेल मध्ये ११ वटामा ( नकआउट ) निकालेका थिए। उनले ३ बटामा हार व्यहोरेका थिए भने १ वटा प्रतिस्प्रधात्मक खेलमा उनि विजयी भएका थिए। 

अबिरलले नियमित रुपमा सिमुरा डोजोमा प्रशिक्षण लिंदै आएका छन् । आफ्नो आमावुवा संग जापानको नागोया शहरमा बस्दै आएका अविरल घिमिरेलाई उनको मनपर्ने खेल बक्सिङ्गमा अहिलेसम्म सफलता हात  परिरहेको छ। करिब  ६ वर्ष जापान बसाईको क्रममा अबिरल लाई निरंतर सफलता मिलि रहेको वुवा तथा उनको बक्सिङ्ग खेलका कोच (प्रशिक्षक) देव धिमिरे को भनाई छ । बुवाकै प्रेरणावाट आफु यस खेलमा लागेको अविरल बताउछन । उनका बुवा देव घिमिरे नेपालका मार्शलआर्टका पूर्व राष्ट्रिय खेलाडी समेत हुन्। साथै देव घिमिरेले पनि सन् २००४ मा के वन ग्राण्ड प्रिक्स भिडन्त गरेका थिए ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago