बडा दशैंको अवसरमा पहिलो पटक टेलिकमको सेवा

थम्मन थापा
असोज ३१ बागलुङ ।
नेपाल टेलिकमले मुस्ताङको ध्येय र टुकुचेमा पहिलो पटक मोवाईल सेवा पुराएको छ । टेलिकमले ग्रामीण र दुरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने लक्ष्य अनुरुप हिमाल पारीको जिल्ला मुस्ताङको टुकुचे र ध्येयमा बिटियस टावर स्थापना सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका वरिष्ठ ईन्जिनियर तथा कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए ।
मुस्ताङ पर्यटकीय र धार्मिक महत्व बोकेको ठाउँ भएको हुँदा त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सँगै स्थानियबासीको दैनिक जीवनलाई यसले सहजता प्रदान गर्ने शर्माले बताए । शर्माले भनें “यसभन्दा अगाडी त्यस स्थानमा मोवाईल सेवा थिएन त्यहाँका स्थानियबासी सञ्चारको पहुँचमा नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनु भएको थियो । अब मोवाईल सेवा सञ्चालनमा आएसँगै सहजता भएको छ ।
भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुत टेलिकमले त्यहाँका जनप्रतिनिधी, स्थानियको सहकार्यमा सेवा पुराउन सफल भएको शर्माको भनाई छ । निकट भविष्यमा चौंथो पुस्ताको उच्च गतिको ईन्टरनेट सहित गुणस्तरीय आवाज उपलब्ध हुने फोर जी मोवाईल सेवा पुराउने गृहकार्यमा छौं ।” विकट भुगोल भए पनि हामी हाम्रो जिम्मेवारीमा दृढ छौँ,” शर्माले भनें ।
सेवा विस्तारसँगै हाल उपलब्ध भइरहेको सेवाको गुणस्तर बढाउने काममा पनि टेलिकमले थप गृहकार्य अगाडी बढाईरहेको नेपाल टेलिकम मुस्ताङका प्रमुख सुमन राम श्रेष्ठले जानकारी दिए । उनले गुणस्तरिय भ्वाईस र तीव्र गतिको इन्टरनेट मोवाईल डाटा प्रयोगकर्तालाई उपलब्ध गराउन टावरहरुमा नयाँ प्रविधि जडान गर्ने काम भइरहेको बताए ।
अहिलेको जमाना प्रविधीको भएकोले यसलाई मध्यनजर गरेर टेलिकम सँगको आवश्यक समन्वयमा यहाँ मोवाईल सेवा पुराईएको मुस्ताङका प्रदेश सांसद चन्द्र मोहन गौचनले बताए । त्यस क्षेत्रमा पहिलो पटक जिएसएम र थ्रिजी मोवाईल सेवा पुगेपछि दुर्गमका ग्राहकले डाटा’ र ‘भ्वाइस दुवैमा सेवा लिएको सांसद गौचनले उल्लेख गरे ।
गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि वडा, गाउँपालिकाका कामकाज र स्थानियको दैनिकीलाई सजिलो बनाएको लोघेकर दामोदर कुण्ड गाउँपालिका वडा नं ५ का वडा सदस्य पासाङ गुरुङले बताए । समुद्री सतह देखि झण्डै ४ हजार ३ सय मिटरको उचाईमा टेलिकमले टावर निर्माण गरेर सेवा उपलब्ध गराएपछि जिल्लाको पर्यटकीय एवं धार्मिक स्थल दामोदर कुण्ड सम्म पुग्ने पर्यटकले सेवा प्राप्त गर्ने वडा सदस्य गुरुङले जानकारी दिए ।
कालीगण्डकी करिडोर सँगै त्यहाँका पदमार्गमा यात्रा गर्ने पर्यटक र स्थानियबासी मोवाईल सेवाबाट लाभान्वित भएका हुने भएका छन ।
मोवाईल सेवालाई नागरिक समक्ष सहजता प्रदान गर्न आफनो सेवा विस्तार, सँगै गुणस्तरिय सेवा उपलब्ध गराउन टेलिकमले आफनो सेवाको विस्तार कार्यलाई तिव्रता दिएको छ ।
मुस्ताङका अधिकांश मोवाईल टावरमा अहिले पनि विद्युत सेवा नहुँदा टेलिकमले सोलार सेट  जडान गरि सेवा प्रवाह गरिरहेको छ । अहिले नेपाल विद्युत प्राधिकरणले पनि मुस्ताङ जिल्लाभर विद्युतिकरण कार्यलाई तदारुकताका साथ अगाडी बढाएको छ ।
bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago