प्रशोधित घाँसले पशुपालन व्यवसाय फस्टायो, आय आर्जनको माध्यम बन्यो

पाल्पा, ४ फागुन । व्यवसायिक गाई भैसीहरुलाई १२ महिना हरियो घाँस उपलब्ध नहुने भएपछि पाल्पाको रामपुरमा घाँस प्रशोधन गर्न थालिएको छ । गाई भैसीलाई १२ महिना पोषणयुक्त सन्तुलित खाना खुवाउन साइलेस उत्पादन गर्न किसानहरु लागेका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश सरकारको अनुदान सहयोग पाएपछि हरियो घाँस र मकैबाट प्रशोधित घाँस बनाइरहेका छन् । प्रदेश सरकारले व्यवसायिक पशु पालनमा प्रोत्साहन गर्न २५ लाख अनुदान दिएपछि साइलेस बेरियाल मेशिन खरिद गरेका हुन् । साईलेसको उत्पादनले व्यवसायिक पशु पालनमा सहयोग पुगेको छ । घाँस प्रशोधन गरेर प्याकेजिङ्ग गरी सुख्खा मौसममा पशुपक्षीलाई हरियो घाँस खुवाउन सकिने छ । यो घाँसबाट पशुहरुले दुध बढाउने, प्रजनन शक्ती बृद्धि हुने छ । पशुलाई सन्तुलित आहार भएको, दुध बढाउने, समयमै प्रजनन् शक्तीको विकास हुने भएकाले निकै उपयोगी रहेकोे कामधेनु गाई फर्मका अध्यक्ष रामप्रसाद पोखरेललेले बताउनु भयो ।

घाँस खेती विस्तारमा रामपुर नगरपालिकाले मागमा आधारित घाँसका बीऊहरु वितरण गरिरहेको छ । रामपुरमा क्षेत्रमा दैनिक १५ टन साइलेस उत्पादन भएको छ । उत्पादित प्रशोधित घाँस प्रति के.जी १२ रुपैंयाको दरले बिक्री गरिएको छ । यहाँ उत्पादित स्थानीय साइलेस बजार र पोखरासम्म बिक्रीको व्यवस्था मिलाइएको छ । साइलेस उत्पादन हुन थालेपछि व्यवसायि घाँस उत्पादन र पशुपालन दुवै व्यवसाय फस्टाएको छ । रामपुर नगरपालिकाले व्यवसायिक पशुपालन गर्ने ७४ जना युवाहरुलाई बैंकबाट लिएको ऋणमा व्याज अनुदान समेत दिएको छ । दुई सय भन्दा बढी किसानहरुले व्यवसायिक घाँस र पशुपालनमा लागेका छन् । घाँस उत्पादनमा बृद्धि र व्यवसायिक पशुपालन फष्टाएको व्यवसायिक गाई पालेका गाई फार्म संचालक कृष्ण प्रसाद अर्यालले बताउनु भयो ।
साइलेस उद्योगबाट २० जनाले रोजगारी पाएका छन् । रामपुरमा प्रशोधित घाँस उद्योग स्थापना भएपछि बाँझो जमिनमा घाँस खेती बढेको छ । व्यवसायिक पशु पालनबाट रामपुर क्षेत्रमा युवाहरुमा रोजगारी समेत सिर्जना भएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago