भागरथी हत्या प्रकरणमा प्रहरीलाई सफलता : एक पक्राउ

बैतडी । भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।
पक्राउ पर्ने व्यक्ति सनातन माविमै अध्ययनरत विद्यार्थी हुन् । भागरथीका छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गरिने प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार ती विद्यार्थीले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् ।

जिल्ला प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले यसबारे पत्रकार सम्मेलन गरेर पुष्टि गर्ने बताए । ‘हामीले सफलता हात पारेका छौं । प्रहरीका केही टोली जिल्ला फर्के । म खोचलेकबाट फर्कने तयारीमा छु । केही समयपछि आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘आधिकारिक पुष्टि गरेपछि सबै कुरा खुल्छ ’

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको हो । यो खबर इकान्तिपुर बाट लिईएको हो ।

 

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago