Categories: समाज

शीतलहर : ‘तर गोविन्द उपर नारायण’

महोत्तरी, जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति , ‘तर गोविन्द उपर नारायणअर्थात् तल गोविन्द, माथि नारायण  खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडोयाममा

बाँसको खाँबा झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइ÷चौडाइका झुप्रा छन् यीझुप्रामा जीवन गुजारा चलाउने गरिबका लागि जाडो छल्ने दुईवटा तरिका देखिन्छन् एउटा बाटोघाटोबाट सोहोरेर ल्याइएकोपातपतिङ्गर, मिल्किएका झुत्रा लुगा प्लाष्टिक बटुलेर बालिनेघूर जहाँ बस्तीभरिकै बूढाखाडा, बालवनिता (केटाकेटी) महिलापचपची निस्कनेघूरको धुँवाबीच हात फैलाएर तातो लिएको अनुभूति गर्छन् अर्को तल (भुँइ) मा पराल पसारेर घुँडा खुम्च्याएर सुत्ने, माथि (शरीरमाथि) पराले चटाइ (एकप्रकारको गुन्द्री) तेस्र्याउने अर्थात् पराल नै डस्ना, पराल नै सिरक यसैलाई गरिबले जाडो छल्नेउपायमातर गोविन्द, उपर नारायणको उक्ति सुनाउने गरेका हुन्

हजुर, हाम्रो ठण्डी (चिसो, जाडो) छल्ने यै (यही) सहारा हो”, झुरुमुट्ट बस्तीको झुप्रा अगाडि आङ्गनमा १०÷१२ आफ्ना परिवारजन छिमेकीसहितघूरका चारैतिर हात फैलाएर बसेकी महोत्तरीकै भङ्गाहा नगरपालिका सकरी मुसहरी बस्तीकी करिब ६० वर्षीयारामराजी सादा मुसहरले भन्नुभयो, “रात कटाउन पराल , उज्यालो भएपछि घूर लगातार बढ्दै गएको चिसोले बनीबुतो (मजदूरी) गर्नजान नपाएपछि उदरपूर्ति (खाने कुरा) को पनि समस्या बढेको रामराजीको थप ब्यथा

  

रामराजीजस्तै भङ्गाहा धर्मपुरको अन्हारवन बस्तीकी सुथरी बाँतर पनि छिप्पिदो जाडोले यसपालि लाने हो कि भन्ने ठान्नुहुन्छ खायके कोनो ठिकान, ओढ बैसके कोनो बिस्तर” ( खाने कुरा यो भन्ने , ओढ्ने, बस्ने लुगा) करिब ५० वर्षीया सुथरीले थुरथुरीजाडोमा ओठ कमाउँदै भन्नुभयो, “हम गरिबके देखवाला कोइ नई, बुझाइय जे अइबेर जाडमे नई जियब” (हामी गरिबलाई हेर्ने कोहीछैनन्, लाग्छ, यसपालिको जाडोबाट बाँच्न सकिन्न)

चुुनावका  बेला थरिथरिका आश्वासन दिने नेता अर्को चुनाव नआएसम्म बस्तीमा नदेखिने गरिब बस्तीका पाका व्यक्ति बताउँछन् विगतमा आफ्नो गरिबी, अभाव पछौटेपनबारे कसैप्रति गुनासो नगर्ने मुसहर, बाँतर अब भने आपूmलाई हेर्ने बुझ्ने कसैले नगरेको बताउनथालेका छन् हेर्नोस हजुर, तेसुर साल (परार) धुर्मुस सुन्तली एकजना बाबाजी (सन्त, बौद्धभिक्षु) आएर केही दिन पुग्ने अन्नपात, ओढ्ने कम्बल केही लुगा दिएर गएथे”, भङ्गाहा पलारको बाँतर बस्तीकी ४० वर्षीया सियानकीदेवी बाँतर भन्नुहुन्छ, “त्यसयता यीकसरी बसेका छन् भनेर कोही फर्केर का छैनन्

मुसहर, बाँतर, डोम, हलखोर, मेस्तर, खत्बे, चमार दुसाध जाति समुदायका बस्तीमा आमरूपमा छ्याङ्छ्याङ्ती गरिबी झल्कन्छ यीमध्ये पनि मुसहर बाँतर बस्ती चाहिँ पराले झुप्राका गुजुमुज्ज (झुरुमुट्ट) बस्तीले सजिलै चिनिन्छ मुसहर, बाँतरको बारेमा सुनेकैभरमा पनि अपरिचित ठाउँमा पुग्ने जोसुकैले पराले झुप्रा देख्नासाथै यी मुसहर, बाँतरका घर हुन् भनेर सजिलै लख काट्न सक्नेमहोत्तरीको भङ्गाहा नगरपालिका का बासिन्दा समाजशास्त्री (समाजविज्ञ) शिवराज दाहाल बताउनुहुन्छ

महोत्तरी जिल्लाका १० नगरपालिका पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास यीमध्ये  भङ्गाहा, गौशाला, बर्दिवास लोहारपट्टी नगरपालिकामा अन्य भन्दा बढी मुसहर जातिको बसोबास सामाजिक, राजनीतिक, आर्थिक शैक्षिक सूचाङ्कका दृष्टिले अति नै पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन् दुवै जातिको रीतिथिति बसउठ समान नै देखिनेसमाजशास्त्री दाहालको भनाइ

सम्पत्तिका नाममा पराले झुप्रामात्र हुने मुसहरमा छोराछोरी किशोरवयमा पुगेपछि एउटा नयाँ आशा पलाउँछ छोराछोरी हुर्केपछिबनीबुतो गरेर अन्नपात ल्याउने हुनाले जीवन गुजारामा सहयोग पुग्ने औरही नगरपालिकाको टिम्किया बस्तीका पल्टा मुसहर बताउनुहुन्छजाडो छल्ने पोरा (पराल) पनि गिरहत (मालिक, आपूmले बनीबुतो गर्ने किसानलाई मुसहर गिरहत वा मालिकको सम्बोधन गर्छन्) कोघरबाट मागी ल्याउन गाई, बाख्रा चराउन सक्ने भएको ”, करिब १३÷१४ वर्षको छोरा सोमनातिर देखाउँदै पल्टा भन्नुहुन्छ, “यिनै नानीहाम्रा धन हुन्

मुुसहर, बाँतरमा छोराछोरीको नाम राख्ने चलन पनि मिल्दोजुल्दो पुरोहित चाहिने, कुनै हेरकोर ! आइतबार (रविबार) जन्मनेछोरो रेविया, छोरी अइती त्यसैगरी सातवटै बारसँग मिल्ने नाम राखिन्छन्, सोमना÷सोमनी, मङ्गला÷मङ्गली, बुधना÷बुधनी, विपना÷विपनी, शुकना÷शुकनी शनिचरा÷शनिचरी आदि यीबाहेक बन्ठा, भुट्टा, कैला, नेङरा आदि मुसहर, बाँतर बस्तीमा बाक्लैसुनिने नाम हुन् नाममा पनि बस्तीका गिरहतका छोराछोरीसँग मिल्ने हो कि भनेर नाम बिगारेर राख्छन् रोहितभन्दा हुने ठाउँमा यीदलितका छोराको नामरोहिताहुन्छ छोरीको पनि त्यस्तै स्त्रीवाचक मिलाएर नाम राखिन्छन्

मुसहर जिल्लाका सबै स्थानीय तहमा रहे पनि बाँतर भने भङ्गाहा नगर क्षेत्रमा मात्र भेटिन्छन् आफ्नो नगर क्षेत्रमा मुसहर बाँतरको एकठाउँ गणना हुँदा फरकफरक जाति समुदाय बसोबास तालिकाको अभिलेखमा मुख्य स्थान ओगट्ने भङ्गाहाका नगरप्रमुखसञ्जीवकुमार साह स्वीकार गर्नुहुन्छ जिल्लामा विसं २०६८ को पछिल्लो जनगणनाले मुसहरको २३ हजार ३६४ बाँतरको दुई हजार७९४ जनसङ्ख्या रहेको देखाएको त्यसयताका एकदशकमा यो सङ्ख्या बढेर दुवैको गरी ४० हजारको हाराहारी पुगेको तथ्याङ्ककार्यालय महोत्तरीका विज्ञको अड्कल

अहिले करिब ४० हजारको हाराहारी पुग्नै लागेको जनसङ्ख्याभित्रका मुसहर, बाँतर समुदायबाट प्रवेशिका उत्तीर्ण गर्ने सङ्ख्या १५कटेको छैन विद्यालयमा प्रत्येक वर्षजसो भर्ना अभियानका नाममा यी समुदायका नानीहरुको नाम विद्यालयमा लेखिए पनि गरिबी अभावले टिक्न सक्दैनन् जिल्लामा वर्सेनीजसो शीतलहरको प्रकोप नै हुँदै आएको तर जनप्रतिनिधिमूलक निकाय होस् वासेवाप्रदायक राज्यका निकाय होउन्, कसैले प्रकोपको पूर्वतयारी गरेका नदेखिने यहाँका आम बुद्धिजीवीको टिप्पणी सबै स्थानीयतहमा दैवीप्रकोप उद्धार कोष , प्रत्येक जिल्लामा सरकारका मुख्य प्रतिनिधि मानिने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामादैवीप्रकोप जिल्लास्तरीय समिति नेपाल सरकारको सहसचिवबाट सेवानिवृत्त हुनुभएका भङ्गाहा का रामबहादुर भुजेल भन्नुहुन्छ, “सेवानिवृत्त भएर घर बसेको १० वर्ष नाघिसक्यो, कहिल्यै प्रकोपको पूर्वतयारी कसैले गरेका देखिँदैन सेवाप्रदायक निकाय उत्तरदायीहुन नसक्दा वर्सेनी चिसोकै कारण ज्यान जाने दीर्घरोगले ग्रसित हुने बढिरहेका भुजेलको थप भनाइ

यद्यपि जाडोमातर गोविन्द, उपर नारायणभन्दै परालको भरमा रहेका मुसहर, बाँतर समुदायको विभिन्न अवसरमा पहुँच बढाउन प्रयत्नभइरहेको यहाँका स्थानीय तहका प्रतिनिधि बताउँछन् हो, मुसहर, बाँतर जाति समुदाय सबै क्षेत्रमा धेरै पछि छन्”, भङ्गाहाकानगरप्रमुख साह भन्नुहुन्छ, “हामीले यो समुदायमा शैक्षिक जागरण अन्य अवसर बढाउन निरन्तर प्रयत्न थालेका छौँ, सामाजिकचेतनाको पछौटेपनले अपेक्षित परिणाम देखिन भने ढिलो भएको मुसहर, बाँतर समुदायका बालबालिका विद्यालय टिकाउने कुरासाँच्चै चुनौतीपूर्ण रहेको साह स्वीकार गर्नुहुन्छ यद्यपि जाडो याममा शीतलहर फैलँदा विभिन्न सङ्घसंस्थाको पहलकदमीमा राहतकार्यक्रम सञ्चालन गरिने गरिएको साहको भनाइ

यसैबीच जिल्ला समन्वय समिति महोत्तरीले अहिले बढ्दो चिसोको प्रकोप छल्न ठोस योजना बनाउन सबै स्थानीय तहलाई आग्रह गरेको यो बर्सेनिको समस्या हो, यहाँका नगर गाउँपालिकाले जाडोयाम शुरु हुनुपूर्व नै पूर्वतयारी गर्नुपर्ने हो”, जिल्ला समन्वय समितिकाप्रमुख सुरेशप्रसाद सिंहले भन्नुभयो, “यसमा ध्यान नपुगेको देखिन्छ, नियमित कामका रुपमा परिभाषित गरेर ठोस योजनासाथ काममालाग्न सबैमा अनुरोध त्यसैगरी जिल्ला प्रशासन कार्यालयले पनि दैवीप्रकोप उद्धार समितिका बैठकबाट पूर्वतयारीका गतिविधिबढाउनुपर्ने बुद्धिजीवी बताउँछन्

sp sp

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago