प्रधानसेनापति ट्रफी खेलकूद सम्पन्न

प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता,२०७७सम्पन्न भएको

नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गर्नुभयो प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, सुटिङ एग्लेटिक्स विधामा १५ टोलीबीच प्रतिस्पर्धा भएको थियो सो प्रतियोगितामाआर्चरीलाई पहिलोपटक प्रदर्शनी खेलको रुपमा समावेश गरिएको थियो

समापन समारोहमा प्रधानसेनापति थापाले पृतना तथा बाहिनीतर्फको समग्र खेलकूदमा प्रथम, द्वितीय तृतीय स्थान हासिल गर्न सफलक्रमशः १६ नम्बर बाहिनी अड्डा, मध्य पृतना उत्तर पश्चिम पृतनालाई नगद तथा ट्रफी प्रदान गर्नुभयो यसैगरी गणतर्फ प्रथम, द्वितीय तृतीय स्थान हासिल गर्न सफल क्रमशः जगदल गण, एक नम्बर जगदल गण चण्डीदल गणलाई समेत उहाँले नगद तथा ट्रफी प्रदानगर्नुभयो

सो अवसरमा प्रधानसेनापति थापालेअतिरथि स्व निरशम्सेर जबरा पुरस्कार रन फर फन २०७६को म्याराथनको विजेता होमलालश्रेष्ठलाई तथामहारथि गौरवशम्सेर जबरा अजेयबल ट्रफीमहिलातर्फ तेक्वान्दो खेलाडी नीता गुरुङ पुरुषतर्फ ब्याडमिन्टन खेलाडीरत्नजित तामाङलाई प्रदान गर्नुभयो

बलाधिकृत प्रभुराम शर्माले गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल जगदल गणका खेलाडीलाईनगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो सोही खेलमा द्वितीय भएका नयाँ गोरख गणका खेलाडीलाई नेपाल ओलम्पिक कमिटीकामहासचिव निलेन्द्रराज श्रेष्ठले तथा तृतीय भएको भैरवप्रसाद गणका खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्षकर्माछिरिङ शेर्पाले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो

यस्तै बास्केटबलतर्फ प्रथम हुने मध्यपूर्वी पृतनाका खेलाडीलाई उपरथि निरञ्जनकुमार श्रेष्ठले, भलिबलमा प्रथम हुने उपत्यका पृतनाकाखेलाडीलाई उपरथि गोकुल भण्डारीले, सुटिङमा प्रथम हुने १६ नम्बर बाहिनीका खेलाडीलाई उपरथि अनन्त कार्कीले तथाएथलेटिक्सतर्फ प्रथम हुनेलाई १६ नम्बर बाहिनीका खेलाडीलाई उपरथि सरोजप्रताप राणाले नगद, ट्रफी तथा प्रमाणपत्र यसअघि प्रदानगर्नुभएको थियो समापन कार्यक्रममा पूर्वप्रधानसेनापति, अन्य सुरक्षा अङ्गका उच्च अधिकृत, नेपाली सेनाका बहालवाला तथा पूर्वउच्च अधिकृतको उपस्थिति थियो

स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूदनारासहित प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ प्रतियोगिता गत पुस२९ गतेदेखि शुरु भएको हो प्रतियोगितामा नेपाली सेनाको १५ टोलीको सहभागिता थियो सेनाले विसं २०६५ देखि प्रधानसेनापतिट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको हो

Comments
sp sp

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago