Categories: समाज

मिर्गौलापीडितको उपचारमा समस्या

दुवै मिर्गौलापीडित ५२ वर्षीय कृष्ण खत्रीको औषधि उपचारमा समस्या देखिएको

दिप्रुङ चुइचुम्मा गाउँपालिका छितापोखरीका खत्रीको औषधि उपचारमा समस्या देखिएको हो हप्तामा दुईपटक मिर्गौलाकोडायलासिस गराइरहनुभएका खत्रीका दुवै मिर्गाैला काम नलाग्ने भएको   वीरेन्द्र सैनिक अस्पताल काठमाडौँमा चार वर्षदेखिडायलासिस गराइरहेको छु”, उहाँले भन्नुभयो चार वर्षदेखि दुवै मिर्गौला फेल भएका उहाँले शुरुका करिब डेढ वर्ष आफ्नै खर्चमाडायलासिससहित सम्पूर्ण उपचार गराएपनि अहिले निःशुल्क डायलासिस गराउँदै आउनुभएको घरभाडा, आउजाउ गाडीभाडा औषधि गरी मासिक रु ३५ हजारभन्दा बढी खर्च हुने गरेको उहाँको भनाइ

काठमाडौँको स्वयम्भूस्थित एउटा घरमा कोठा भाडामा लिएर एक्लै बस्दै आउनुभएका खत्रीको श्रीमती दुई छोरा छन् कान्छा सुदीपनेपाली सेनामा कार्यरत छन् भने जेठा आसन गाईघाटस्थित घरखेती सम्हाल्दै आएका छन् नेपाली सेनाको युद्ध कवाज गण सीतापाइलाकाठमाडौँमा कार्यरत सुदीपले आफ्नो तलब तथा साहुको ऋण काढेर बुबाको उपचार गराइरहेको कान्छा छोराको तलब नहुने हो यसअघि नै मरिसक्थे होला !” उहाँले भन्नुभयो, “दुवै मिर्गाैला काम नलाग्ने भएपछि कम्तीमा एउटा फेर्नैपर्ने हुँदोरहेछ ! फेर्नका लागिआफूहरुसँग खर्च छैन कसैले सहयोग गरे एउटा फेरेर भए पनि बाँच्ने थिएँ

मिर्गाैला फेर्नका लागि अहिलेसम्म आफूलाई कसैले सहयोग गर्ने टुङ्गो नभएको पीडित खत्रीले बताउनुभयो मिर्गाैला दिन आफन्तनै चाहिने रहेछ !”, उहाँले भन्नुभयो, “श्रीमती पनि बिरामी छिन् उनी स्वस्थ रहेको भए दिने थिइ छोराहरु आफैँले गरिखानुप¥यो ! यदिकसैले दिने नै भए पनि फेर्दा लाग्ने खर्च छैन

घरखेती गरेर जीवन निर्वाह गर्दै आउनुभएका काका कृष्णको उपचारमा अहिलेसम्म करिब रु २० लाख खर्च भइसकेको पीडित खत्रीकाभतिज पत्रकार दिलीप खत्रीले बताउनुभयो काका सैनिक परिवारको भएकाले अस्पतालले वार्षिक रु एक लाख १० हजार बराबरकोऔषधिमा छुट दिने गरेको ”, उहाँले भन्नुभयो, “अहिले भाइ सुदीपको तलबले खर्च नधानेर घरखेतसमेत बिक्री गरिसक्नुभएको

विसं २०५४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडा सदस्यसमेत हुनुभएका कृष्ण व्यवसायका लागिउदयपुरको गाईघाट झर्नुभएको थियो पछिल्लो समय गाईघाटस्थित त्रियुगा नगरपालिका११ प्रगतिग्राममा बस्दै गर्दा बिरामी परेरउपचार गराइरहनुभएका कृष्णलाई बिरामी भएपछि अहिलेसम्म पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले भेटेका छैनन्

आफू बिरामी भएपछि पार्टीका नेता तथा कार्यकर्तालाई पनि आफूले सम्पर्क नगरेको मिर्गाैला पीडित कृष्णले जानकारी दिनुभयो सहयोद्धाहरु सबैलाई सम्झन्छ !”, उहाँले भन्नुभयो, “अहिले आफूले आस्था राखेकै पार्टी सरकारमा तर अहिलेसम्मसञ्चो÷बिसञ्चोको बारेमा कसैले सम्पर्क गरेर सोधेका छैनन् दुःख लागेर आउँछ

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago