काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले नेपालको विकास नहुनुमा पुँजी अभावभन्दा पनि बुझाइ कारक रहेको बताएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आयोजना गरेको सरोकारवालाहरूसँगको छलफलमा बोल्दै उनले विकासका लागि स्पष्ट धारणा बनाउनुपर्ने आवश्यक्ता औँल्याए ।
‘नेपालको सन्दर्भमा विकास गर्न पुँजीको समस्या होइन,’ अर्थमन्त्री शर्माले भने, ‘हामीले विकाससम्बन्धी धारणा स्पष्ट बनाउन जरुरी छ । स्पष्ट धारणा भनेको सरकारकै हुनुपर्यो, समाजको हुनुपर्यो, लगानीकर्ताको हुनुपर्यो, निजी क्षेत्रको हुनुपर्यो । यहाँ त्यो स्पष्ट धारणाको अभाव छ ।’
अर्थमन्त्री शर्माले विकासमा स्पष्ट धारणा नहुँदा विकासले गति लिन नसकेको र पहिले सरकारले आफ्नो धारणा स्पष्ट बनाउनुपर्ने उल्लेख गरे । सबैलाई उत्साहित बनाउने नीति बनाउँदा लगानीका लागि नेपालभित्रै पुँजी धेरै बताए ।
‘अहिले भर्खरै स्थानीय तहमा पनि बैंक पुगेर अलिअलि त्यहाँ पैसा राख्ने चलन बढेको छ’, उनले भने, ‘तर, अझै पनि घरको दलिनमाथि पैसा राख्ने चलन छँदैछ ।’ त्यसरी ग्रामीण क्षेत्रमा रहेको पुँजीलाई समेत लगानीका लागि आकर्षित गर्ने नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए । विकासका लागि पुँजी, ज्ञान, प्रविधिसँगै नीति समेत आउने भएकाले नीति सरल र सहज हुनुपर्ने अर्थमन्त्री शर्माले बताए ।
‘नीतिहरू नै विकासलाई ढिलो गर्ने खाल्का बनेका छन्’, उनले भने, ‘हाम्रा यस्ता पनि नीति छन् जुन सरकारको एउटा योजनाका लागि वन मन्त्रालय लगायत अन्यसँग स्वीकृति लिनुपर्छ । रुख काट्न विद्युत प्राधिकरणले दुई वर्ष स्वीकृतिका लागि कुर्नुपर्ने अवस्था पनि छन् ।’ उनले पूर्वाधार निर्माणमा हुने पुँजी अभावलाई परपूर्ति गर्न निफ्रा जस्तो संस्थालाई बलियो बनाएर अगाडि लैजानुपर्ने उल्लेख गरे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…