शेरबहादुर देउवा भृकुटीमण्डपस्थित मतदान केन्द्र पुगे

प्रधानमन्त्री तथा काँग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवा भृकुटीमण्डपस्थित मतदान केन्द्र पुगेका छन् ।

राष्ट्रिय सभागृह मतदान केन्द्रस्थलमा एक घन्टा बसेर उनी यता आएका हुन् । नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेसको राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान जारी छ ।

राष्टंरिय सभागृहबाट बाहिरिएका देउवा भृकुटीमण्डपमा पुगेर प्रतिनिधिहरुलाई मत मागिरहेका छन् । देउवाले मतदान सुरु भएको केही घन्टामै मतदान गरेर बाहिरिएका थिए । मतदान गरेर बाहिरिए पनि उनी राष्ट्रिय सभागृहस्थित मतदानस्थलमा पुगेका थिए । त्यहाँ करिब एक घन्टा बसेपछि उनी भृकुटिमण्डपतिर गएका हुन् ।

कांग्रेसको नयाँ नेतृत्व चयन गर्नका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृह गरी दुई स्थानमा मतदान केन्द्र बनाइएको छ । निर्धारित समयभन्दा करिब तीन घण्टा ढिलो गरेर ११ बजे मतदान सुरु भएको थियो ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

यही टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ । शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago