आकर्षक डिजाइनमा टोयोटाको कम्प्याक्ट क्रुजर इभी

काठमाडौं । टोयोटाले आफ्नो इलेक्ट्रीक कार कस्तो हुने भन्ने विषयमा जानकारी दिएको छ । टोयोटाका चेयरम्यान अकियो टोयोडाले कम्पनीले सन् २०३० सम्म वार्षिक ३५ लाख इभी उत्पादन गर्ने लक्ष्यसहित १५ मोडलको कन्सेप्ट सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको कन्सेप्टमा सामान्य कारदेखि हाइपर कारसम्म रहेका छन् । साथै, कमर्शियल गाडी पनि छन् । त्यसमध्ये सबैभन्दा धेरैको ध्यान कम्प्याक्ट क्रुजर कन्सेप्टले तानेको छ ।

बक्सी डिजाइनमा देखिएको कम्प्याक्ट क्रुजर टोयोटाको आइकोनिक नेम प्लेट ल्याण्डक्रुजरबाट लिइएको हो । नाम जस्तै यसको डिजाइनमा पनि क्रुजर फ्यूजन देख्न सकिन्छ । अगाडिको भागमा निकै ठूलो साइजमा दिएको स्कीड प्लेट र त्यसमा राखिएको मोडल नामले यसलाई आकर्षक देखाएको छ । साथमा टोयोटाले यूनिक ग्रिलको प्रयोग गरेको देखिन्छ ।

दुई हेडलाइटको बीचमा लेखिएको टोयोटा अर्को आकर्षण हो । डे टाइम रनिङ लाइट सहितको एलइडी हेडल्याम, आकर्षक बोनेट, ड्यूल टोन बडी कलर, मस्कुलर ह्वील, अफरोड लक्षित टायरले यसको लुक्स दमदार बनाएको छ ।

 

टोयोटाले ८ वर्ष भित्र ल्याउने मोडलमा यसलाई समावेस गरेको छ । तर, यसमा कुन साइजको व्याट्री र मोटर रहन्छ भन्ने विषयमा केही खुलाएको छैन । टोयोटाले विश्वव्यापी रुपमा चर्चामा रहेको कार्वन उत्सर्जन रोक्न आफु प्रतिवद्ध रहेको जनाएर इभी विकासमा थप लगानी बढाउने योजना अघि सारेको हो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago