गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानीय हर्षित

थम्मन थापा
कात्तिक २९ बागलुङ
हिमाल पारीको जिल्ला मुस्ताङ पर्यटकीय र धार्मिक महत्व बोकेको जिल्लाको रुपमा चिरपरिचित छ । त्यहाँ पुग्ने जो कोहिलाई स्वर्गको अनुभुति हुन्छ र प्रकृतिको मनोरम दृश्य सँगै हिमालय श्रृङखलाले मनै लोभ्याउने गर्दछ । गुफा, धार्मिक स्थल, पर्यटकीय गन्तव्यहरुमा आनन्द लिन त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन ।
अहिलेको जमाना प्रविधिमय अर्थात डिजिटल युगको हो हरेक मानिसको हातहातमा अहिले मोवाईल सजिलै देख्न सकिन्छ । ईन्टरनेटको माध्ययमबाट सजिलै मानिसले अहिले आफना कुराहरु क्षणभरमै विश्वर पुर्याउँछ । नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्न आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई निकै तीव्र रुपमा अगाडी बढाईरहेको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवाको समय सापेक्ष स्तरोन्नती टेलिकमले गरिरहेको छ ।
नेपाल टेलिकमले जिल्लाका मानिसको बस्ती भएका अधिकांश स्थानमा मोवाईल सेवा पुराएको छ । आफनो सेवा विस्तार गर्ने सन्दर्भमा टेलिकमले पहिलो पटक लोमान्थाङ गाउँपालिका वडा नं २ न्यानोलमा बिटियस टावर निर्माण गरेर थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । त्यहाँ पुग्ने पर्यटक र स्थानियबासीलाई मध्यनजर गर्दै टेलिकमले एकसाथ भ्वाईस र डाटा मार्फत आफनो सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।
मुस्ताङ आफैमा पर्यटकीय र धार्मिक महत्व बोकेको ठाउँ भएको हुँदा त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सँगै स्थानियबासीको दैनिकीलाई मोवाईल सेवाले सहजता प्रदान गर्ने शर्माले बताए । शर्माले भनें “यसभन्दा अगाडी त्यस स्थानमा कुनै पनि मोवाईल सेवा थिएन त्यहाँका स्थानियबासी सञ्चारको पहुँचमा नहुँदा उहाँहरुले कठिनाई भोग्दै आउनु भएको थियो । अब मोवाईल सेवा सञ्चालनमा आएसँगै सहजता भएको छ ।
भौगोलिक विकटता, उपकरणहरु पुर्याउन निकै कठिन परिस्थितीको सामना गर्दै स्थानिय सँगको समन्वयमा सेवा पुराउन सफल भएको उनको भनाई छ । टेलिकमले निकट भविष्यमा चौंथो पुस्ताको उच्च गतिको ईन्टरनेट सहित गुणस्तरीय आवाज उपलब्ध हुने फोर जी मोवाईल सेवा पुराउने गृहकार्य गरिरहेको जनाएको छ । टेलिकमले ग्रामीण र दुरदराजका बस्तीमा आफनो सेवा विस्तार गर्ने योजना अनुरुप उक्त स्थानबाट पहिलो पटक सेवा सुचारु गरिएको टेलिकमले बताएको छ ।
अहिलेसम्म यो क्षेत्रमा कुनै पनि मोवाईल सेवा थिएन फोन गर्न लोमान्थाङ बजार पुग्नु पर्ने बाध्यता थियो, हामीलाई गाउँपालिकाका हरेक  कामकाजमा समेत निकै समस्या थियो, अब भनें सुविधा भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टले बताए । “न्यानोलमा रहेको मोवाईल टावरमा अहिले पनि विद्युत सेवा छैन टेलिकमले सोलार सेट जडान गरेर सेवा सञ्चालन गरेको छ, हामीले नेपाल विद्युत प्राधिकरण सँग आवश्यक समन्वय गरेर विद्युत लाईन विस्तार गरिरहेका छौं, छिट्टै गाउँपालिकामा रहेका सबै मोवाईल टावरहरुमा केन्द्रिय विद्युत पुराउँदै छौं” अध्यक्ष विष्टले भनें । मोवाईल सेवा नहुँदा यहाँका नागरिक र पर्यटकको समस्यालाई मध्यनजर गरेर हामीले नेपाल टेलिकम सँग समन्वय गरेका थियौं ।
भौगोलिक विकटता र अनेकौं समस्याका बाबजुत टेलिकमले स्थानिय तह, नागरिक सँग सहकार्य गरि सेवा सञ्चालन गरेको लोमान्थाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष नगवाङ छेतु गुरुङले बताए । मोवाईल सेवा सञ्चालनमा आएपछि लोमान्थाङ गाउँपालिकाको वडा नं १ का ६० र वडा नं २ का ९० घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन । यो सँगै कालीगण्डकी करिडोर हुँदै उत्तरी छिमेकी देश चीनसँग जोडिएको कोरला नाका पुग्ने नागरिक भ्वाईस र थ्रीजी मोवाईल डाटा मार्फत सहजै ईन्टरनेटको पहुँचमा जोडिएको वडा अध्यक्ष गुरुङले जानकारी दिए ।
समुद्री सतह देखि ३ हजार ८ सय मिटरको उचाईमा टेलिकमले टावर निर्माण गरेर सेवा उपलब्ध गराएपछि यहाँका नामछिउ, धारसा, आरका, धिउक, सैतङ, ढाक्या, झोङकेप, मिठु गाउँ मोवाईलको पहुँचमा आएका छन । त्यस्तै पर्यटकीय गन्तव्यहरु झोङ गुफा, छोसेर गुफा र न्यानोल भएर जाने पर्यटक समेत मोवाईल सेवामा जोडिएको स्थानिय समाजसेवी सोनाम टाई गुरुङले बताए ।मोवाईल सेवालाई नागरिक समक्ष सहज रुपमा उपलब्ध गराउँदै सेवा प्रवाह गर्न आफनो सेवा विस्तार, सँगै गुणस्तरिय सेवा उपलब्ध गराउन टेलिकमले विस्तार कार्यलाई तिव्रता दिएको छ ।
bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago