अष्ट्रेलियालाइ आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि

अष्ट्रेलिया आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । न्यूजिल्याण्डमाथि ८ विकेटको शानदार जित निकाल्दै अष्ट्रेलियाले पहिलो पटक ट्वेन्टी(ट्वेन्टी विश्वकपको उपाधि उचालेको हो । उता पहिलो पटक फाइनलमा पुगेपनि न्यूजिल्याण्ड भने उपाधि जित्नबाट वञ्चित बन्यो ।

१ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले ७ बल अगावै मात्र २ विकेट गुमाएर भेट्टाएको थियो । अष्ट्रेलियाको जितमा मिचेल मार्शले अविजित ७७ रन जोडे । उनले ५० बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै ७७ रन बनाए ।

त्यस्तै डेभिड वार्नर ५३ रनमा पेभेलिएन फर्कदा ग्लेन म्याक्सवेलले नटआउट २८ रन जोडे । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

यसअघि दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

उसका लागि कप्तान केन विलियम्सनले ८५ रनको अर्धशतकीय इनिंग्स खेले । ४८ बलको सामना गरेका उनले ३ छक्का र १० चौकाको मद्दतले ८५ रन बनाए । त्यस्तै मार्टिन गुप्टिलले २८ रन तथा ग्लेन फिलिप्सले १८ रन जोडे । बलिङमा अष्ट्रेलियाका जोस हेजलउडले ३ विकेट हात पारे । अष्ट्रेलियाका मिचेल मार्श म्यान अफ द म्याच र डेविड वार्नर म्यान अफ द सिरिच चुनिए ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago