हरिबोधिनी एकादशीलाई एकादशीहरुमा सबैभन्दा ठूलो एकादशीका रुपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठूलो एकादशी भनिएको हो ।

जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।

तस्विर सुवास गैरे

आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, साँस्कृतिक र वैज्ञानिक रुपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।

वैदिक सनातन सँस्कारमा तुलसी पूजाको ठूलो महत्त्व छ । हजारौँ वर्षदेखि सनातन सँस्कारीहरु प्रातःकालमा नै उठेर तुलसीमा पानी चढाएर र नमन गरेर मात्र आफ्नो दैनिकीमा लागेको पाइन्छ ।

वैदिक सनातनमा तुलसीको महत्त्व प्रत्येक विशेष उत्सव वा कुनै धार्मिक कार्यमा पनि रहँदै आएको छ । मानिसको जन्म हुँदा होस् या मृत्यु हुँदा नै किन नहोस्, सनातनी सँस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ, यसको महत्त्व रहेको छ ।

हिन्दू धर्मालम्बीहरुले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ । तुलसीको पातको पनि विशेष महत्त्व रहेको छ । अनि तुलसीको डाँठबाट बन्ने मालालाई त निकै पवित्र मानिन्छ ।

तुलसीको महत्त्वको विषयमा पद्म पुराणको एउटा प्रसंगलाई लिन सकिन्छ । बिन्दा देवीले पृथ्वीमा आएर भगवान विष्णुलाई आफ्नो पतिको रुपमा पाउन गरेको तपस्यासँग तुलसीको महत्त्व जोडिएको छ । त्यस्तै, श्रीमद् भागवत पुराणमा पनि तुलसीको बिरुवाको दैविक गुणलाई व्याख्या गरिएको छ ।

भोजनमा सधैं तुलसीको पात पनि राख्ने भगवान श्रीकृष्णसँग पनि तुलसीका विभिन्न प्रसंगहरु जोडिएका छन् । त्यसैले पनि अन्जुलीभर पानी लिएर तुलसीको पातमा सफा हृदयले अर्पण गर्दा मात्रै पनि श्रीकृष्ण भगवानको कृपाले आफूले चाहेको फलहरु मिल्ने विश्वास पनि गरिएको छ । स्कन्द पुराणमा पनि तुलसीको पूजा गरेमा अनन्त फल प्राप्त हुने प्रसंग उल्लेख गरिएको छ ।

हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने एकादशीमा रोपिएको तुलसीको बिरुवा आजको दिनसम्म निकै हुर्किएको हुन्छ । अषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवालाई आजको दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ ।

यसका लागि तुलसीको मठको चारैतर्फ बाँसको लिङ्गो गाड्ने अनि रंगरोगन गरेर शृङ्गार गर्ने चलन रहेको छ । आजको दिन हिन्दू धर्मालम्बीहरुले रुद्री पूजा गर्ने चलन पनि रहेको छ ।

भगवान विष्णुका अनेक नाममध्ये एक नाम हो, नारायण । आजको दिन विष्णु भगवानको चर्चा गर्दा काठमाडौं उपत्यका र नारायणसँग सम्बन्धित केही विषयमा पनि चर्चा गरौँ ।

परापूर्वकालदेखि काठमाडौं सहरमा भगवान विष्णुको अनुकम्पा रहिरहोस् भनेर उपत्यकाका चारैतर्फ विष्णु भगवानको प्रतिमा पनि राखिएको छ । भगवान विष्णुको अनुग्रह काठमाडौंमा सधैं परोस् भन्नका लागि यसो गरिएको हो । काठमाडौंको पश्चिममा इचङ्गुनारायण, पूर्वमा चाँगुनारायण, उत्तरमा विशंखुनारायण अनि दक्षिणमा शेषनारायणले काठमाडौं उपत्यकालाई सधैं हेरिरहेका छन् भन्ने मानिन्छ ।

आजको दिन यी ठाउँहरुमा विशेष पूजा गर्ने चलन पनि रहेको छ । श्रद्धासहित भक्तजनहरु यी ठाउँमा पुग्ने गर्छन् । विहानैदेखि भगवान विष्णुको प्रतिमा भएका ठाउँमा पुगेका श्रद्धालुहरुले साँझ अबेरसम्म पूजापाठ गर्ने चलन रहेको छ । पहिले पहिले त यी चारै नारायण भएको ठाउँमा भक्तालुहरु हिँडेर एकै दिनमा पुग्ने गरेको चर्चा पनि सुनिन्छ ।

यसरी एकै दिनमा यी ठाउँहरुमा पुग्दा अन्त्यमा शेषनारायण भएको ठाउँमा भक्तालुहरु पुग्ने गरेका थिए । शेषको अर्थ अन्त्य भएकाले पनि यस्तो गरिएको हुनसक्ने विश्वास छ । केही पछि यी चारै नारायण पुग्न नसक्ने भक्तालुहरुका लागि पाटनको कृष्ण मन्दिरको छेउमा चार नारायणको प्रतिमा राखिएको छ । यी चार नारायणको प्रतिमामा फेरो लगाउँदा पनि चारै नारायणमा पुगेको जत्तिकै फल मिल्ने विश्वास गरिन्छ ।
आजको दिन नेपालभरका विभिन्न भगवान विष्णुका मन्दिर तथा तिर्थस्थलमा तिर्थाटन गर्ने भक्तजनहरुको व्यापक भीड लाग्ने गर्छ । हाम्राे पात्राेकाे सहयाेयमा ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago