Categories: समाज

लिमी गाउँ पाँच महिनाका लागि बन्द

सिमकोट ,हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको केही दिन अगाडि परेको हिमपातलेउत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको

   लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्को कुनै विकल्प नभएपछि पाँच महिनाका लागि बन्द भएको हो दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी उपत्यका लकडाउनमा परेको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो

   केही दिन अगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार ६०० मिटर अग्लो नारा लेक पाँच हजार मिटर अग्लो न्यालुलेकको बाटो बन्द भएको यी दुवै बाटो अब आगामी जेठ महिनामा मात्रै खुल्ने पाँच महिनाका लागि बन्द भएपछि लिमी आउनेजाने कार्य बन्द भएको

     दुवै नाकामा चारदेखि पाँच फिटसम्म हिउँ जम्ने भएकाले लिमी जाने बाटो बन्द भएका हुन् नेपाल टेलिकमको भिस्याट टेलिफोनसेवा बादल लाग्दा हिमपात हुँदा बन्द हुने भएपछि लिमी सञ्चार सम्पर्कविहीन भएको यद्यपि बेलाबेला आउजाउ भइरहनेवल्र्डलिङ्कको इन्टरनेट सेवा भने अहिले सम्पर्कको माध्यम भएको हल्जी गाउँका स्थानीयवासीले बताएका छन्

   सडक बन्द भएपछि बिरामी तथा अत्यावश्यक काम पर्दा हेलिकोप्टर रिजर्भ गर्नुको अन्य विकल्प छैन हिमपातपछि बाटो बन्द हुनेभएका कारण महिनाका लागि दैनिक उपभोग्य सामानदेखि अन्य आवश्यक बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिने भए पनियस वर्ष कोरोनाको कारणले त्यो काम पनि हुन नसकेको बताइएको गत मङ्सिरमा खाद्य व्यवस्था तथा व्यापार लिमिटेडकम्पनीबाट ढुवानी अनुदानको ७०० क्विन्टल खाद्यान्न लिमी पुगेको थियो लिमी उपत्यकाका साथै हिल्सा नाका पनि हिमपातपछि बन्दभएको

sp sp

Recent Posts

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago