फाइल फोटो
काठमाडौं, माघ १ । चन्द्रागिरि हिल्स लिमिटडले चन्द्रागिरिको आईपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट दिने भएको छ। २९ पुसमा सम्पन्न ११औं वर्षिक सधारण सभाले चन्द्रागिरिको शेयर भर्ने ग्राहकका लागि चन्द्रागिरि केवलकारमा उक्त छुट दिने निर्णय गरेको हो।
चन्द्रागिरिले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको हो। चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनीप्रति देखाएको विश्वास अनि सबैलाई शेयर पर्ने सम्भावना न्यून रहेको हुँदा सम्पूर्ण आवेदकहरूको सम्मान गर्दै यो योजना सार्वजनिक गरिएको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।
स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६ आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ। यो योजना ५ माघदेखि १ वर्ष सम्मको लागि मान्य हुनेछ। र, यो सुविधान एकपटक मात्र लिन पाइनेछ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…