अहिलेको बुल सकिन अझै २० महिना बाँकी रहेको विश्लेषण : नेपालको २५ वर्षको बुलिस र वियरिस ट्रेण्ड

काठमाडौं । नेपालको शेयर बजारमा विगत २५ वर्षको बुलिस र वियरिस ट्रेण्डलाई हेर्ने हो भने अहिले चौथो बुलिस ट्रेण्डको चरणमा छ । कतिपय विश्लेषकहरुले यो बुल सकिएको भन्दै विश्लेषण गरिरहेका छन् । तर लगानीकर्ताहरु अझै बुलिस ट्रेण्ड नसकिएको भन्दै शेयर खरिद गरिरहेका छन् । उनिहरुका अनुसार कोभिड १९ ले सुधारिएको शेयर बजारलाई बैंकिङ तरलता अभावको समस्याले तल झारेको हो । अहिले बजार तल झरे पनि बुलिस ट्रेण्ड सकिएको भन्न नसक्ने अवस्था धेरै रहेको उनिहरुको विश्लेषण छ ।

उनिहरुको यो भनाईलाई नजिकएको चुनावले सपोर्ट गर्न सक्ने आधार रहेको छ । चुनावको समयमा नेताहरुले कालोधन बाहिर निकाल्छन् । अर्को तर्फ इन्फर्मल पैसाहरु चुनावी खर्चका लागि बाहिरिने भएकाले विभिन्न माध्यम हुँदा त्यो बजारमा आउछ र बैंकिङ तरलताको अभावलाई समाधान गर्ने उनिहरुको विश्लेषण छ । यसका लागि कम्तिमा पनि एक वर्षको अवधि बाँकी नै छ । यदि देउवा सरकारले कति छिटो चुनाव घोषणा गर्छ भन्ने नै हो । आगामी चैत बैशाखामा स्थानीय तहको चुनाव गर्नै पर्ने बाध्यात्मक अवस्था छ । त्यसको ७/८ महिनामा संघिय चुनाव गर्नु पर्ने भएकाले अवको एक वर्ष शेयर बजारमा आत्तीने अवस्था नरहेको उनिहरु बताउछन् ।

यस भन्दा अगाडीको बुलिस ट्रेण्डमा पनि अधिकतम विन्दु १८८१ पुगेर १६ सयमा झर्यो । त्यस पछि सुधार हुदै १८ पुगेर तल झरेको थियो । यस पटक पनि ३१ सय अंक पुगेर तल झरेको हुँदा अवको टार्गेट ३२ सय हो । यसका लागि चुनाव मात्रै एउटा हतियार बाँकी छ ।

विगतका वर्षको वुल र वियर र्यालि

सन् १९९७ देखि २०० को अवधिमा नेप्से सूचक १०० बाट ५४५ अंक पुगेको थियो । त्यति वेला ४० महिनाको अवधिमा नेप्से सूचक ४४५ प्रतिशतले सुधार हुँदै ५४५ पुगेको हो । सन् २००० को नोभेम्बरमा अधिकतम ५४५ अंकबाट १९५ अंकसम्म तल झर्यो । यसका लागि पनि करिव ४० महिना नै लागेको थियो । यस्तो ट्रेण्ड सन् २००४ सम्म चल्यो ।

दोस्रो बुल १९५ अंकबाट सुरु भयो । सन् २००४ देखि २००८ सम्मको अवधिमा नेप्से सूचक १९५ बाट ११७५ अंकसम्म पुग्यो । यस अवधिमा पनि नेप्से सूचक ५०२ अंकले सुधार भएको देखिन्छ । यो बुल करिव ५२ महिना चल्यो ।

दोस्रो बिरियस ट्रेण्ड सन् २००८ देखि २०१२ सम्म चल्यो । यस अवधिमा नेप्से सूचक अधिकतम ११७५ बाट ३०० सयसम्म तल झर्यो । पहिलो बुलको अधिकतम विन्दु भन्दा केहि तल झर्यो । करिव ४२ महिनाको अवधिमा लगानीकर्ताले ठुलो रकम गुमाउनु परेको थियो । यस अवधिमा नेकपा माओवादीबाट अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराईको अभिव्यक्ति प्रमुख कारण बन्यो ।

तेस्रो बुल सन् २०१२ देखि २०१६ सम्मको अवधिमा चल्यो । यस अवधिमा ३०० अंकको नेप्से सूचक १८८१ अंकसम्म पुग्यो । करिव ५२ हप्ताको अवधिमा ५३० प्रतिशतले शेयर बजारमा सुधार देखियो । अघिल्ला दुई वटा बुलमा पनि नेप्से सूचक ४४५ र ५०२ प्रतिशतले सुधारिएको थियो ।त्यस पछिको तेस्रो वियरिस मार्केटलाई हेर्ने हो भने १८८१ बाट ११०० सम्म तल झर्यो । यसका लागि करिव ४० महिना लाग्यो ।

अहिले शेयर बजारमा चौथो बुल चलिरहेको छ । अहिलेको बुल ११०० बाट ३२०० सम्म पुगेको छ । यो भनेको करिव १९३ प्रतिशतको सुधार हो । अघिल्ला तीन वटा बुल ४०० प्रतिशत भन्दा माथिले सुधार भएको देखिन्छ । त्यस्तै यो बुलले अहिलेसम्ममा २२ महिना मात्रै पार गरेको छ । तर अघिल्ला बुलको अवधि हेर्ने हो भने कम्तिमा पनि ४० महिना चलेको देखिन्छ । त्यसैले अहिलेको अवधिलाई बुलको मध्यावधि भन्न सकिन्छ । पहिलाकै हिसावले बजारको ट्रेण्ड चलिरह्यो भने पनि लगानीकर्ताले अझै आशा गर्ने ठाउँ छ ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago