२९ जेठ काठमाडौं । राफेल नाडललाई पराजित गर्दै सर्वियन नोभाक जोकोभिक फ्रेन्च ओपन ग्लाण्ड्सलामको फाइनल पुगेका छन् ।
गएराति रोलान्ड ग्यारोमा भएको दोस्रो सेमिफाइनलमा जोकोभिकले नाडललाई ३(६, ६(३, ७(६, ६(२ ले पराजित गरेका हुन् । फ्रेन्चओपनमा नाडल पराजित भएको यो तेस्रो पटक मात्र हो ।
कीर्तिमानी १३ पटकको फ्रेन्च ओपन विजेता नाडल यसअघि सन् २००९ मा रोविन सोडरलिङ र २०१५ मा जोकोभिकसँगै पराजित भएकाथिए ।
३४ वर्षीय जोकोभिकले जितपछि फ्रेन्च ओपनमा यो आफ्नो अहिलेसम्मकै उत्कृष्ट खेल भएको बताएका छन् । ‘क्लो कोर्टमा जित्नतपाईँले उत्कृष्ट प्रदर्शन गर्नुपर्छ र यो मेरो अहिलेसम्मकै उत्कृष्ट खेल हो ।’
नाडललाई फ्रेन्च ओपनमा दुई पटक हराउने जोकोभिक पहिलो खेलाडी समेत बने । यसले हारपछि नाडलको कीर्तिमानी १४ फ्रेन्च ओपनर कीर्तिमानी २१औं ग्राण्ड्सलाम जित्ने सम्भावना तत्काललाई टरेको छ । फ्रेन्च ओपनमा नाडल १०८ खेल खेल्दा तेस्रो पटक पराजितभएका हुन् ।
जोकोभिकले भने अब उपाधिका लागि ग्रीसका २२ वर्षीय स्टेफानोस सिसिपाससँग खेल्नेछन् । सिसिपासले जर्मन खेलाडी एलेक्जान्डरजेभरेभलाई पराजित गर्दै पहिलो पटक ग्राण्ड्सलामको फाइनलमा स्थान बनाएका हुन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…