२९ जेठ काठमाडौं । राफेल नाडललाई पराजित गर्दै सर्वियन नोभाक जोकोभिक फ्रेन्च ओपन ग्लाण्ड्सलामको फाइनल पुगेका छन् ।
गएराति रोलान्ड ग्यारोमा भएको दोस्रो सेमिफाइनलमा जोकोभिकले नाडललाई ३(६, ६(३, ७(६, ६(२ ले पराजित गरेका हुन् । फ्रेन्चओपनमा नाडल पराजित भएको यो तेस्रो पटक मात्र हो ।
कीर्तिमानी १३ पटकको फ्रेन्च ओपन विजेता नाडल यसअघि सन् २००९ मा रोविन सोडरलिङ र २०१५ मा जोकोभिकसँगै पराजित भएकाथिए ।
३४ वर्षीय जोकोभिकले जितपछि फ्रेन्च ओपनमा यो आफ्नो अहिलेसम्मकै उत्कृष्ट खेल भएको बताएका छन् । ‘क्लो कोर्टमा जित्नतपाईँले उत्कृष्ट प्रदर्शन गर्नुपर्छ र यो मेरो अहिलेसम्मकै उत्कृष्ट खेल हो ।’
नाडललाई फ्रेन्च ओपनमा दुई पटक हराउने जोकोभिक पहिलो खेलाडी समेत बने । यसले हारपछि नाडलको कीर्तिमानी १४ फ्रेन्च ओपनर कीर्तिमानी २१औं ग्राण्ड्सलाम जित्ने सम्भावना तत्काललाई टरेको छ । फ्रेन्च ओपनमा नाडल १०८ खेल खेल्दा तेस्रो पटक पराजितभएका हुन् ।
जोकोभिकले भने अब उपाधिका लागि ग्रीसका २२ वर्षीय स्टेफानोस सिसिपाससँग खेल्नेछन् । सिसिपासले जर्मन खेलाडी एलेक्जान्डरजेभरेभलाई पराजित गर्दै पहिलो पटक ग्राण्ड्सलामको फाइनलमा स्थान बनाएका हुन् ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…