बालबालिकालाई कोरोनाको खोप अभियान सुरू

काठमाडौं । सरकारले लामो प्रतिक्षापछि १२ वर्ष भन्दा बढी उमेर समुह र तोकिएका दीर्घ रोगीलाई कोरोनारुद्धको फाइजर खोप लगाउने भएको छ ।

फाइल फोटो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर विभिन्न २४ वटा अस्पतालबाट कात्तिक २८ गतेबाट खोप उपलब्ध गराइने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोनाको फाइजर खोप तत्कालका लागि उपलब्ध भएको १ लाख मात्रा खोप लगाउने तयारी भएको बताए । “बालबालिका र दीर्घ रोगीलाई लगाउने गरी तयार गरिएका कारण खोप सुरक्षित र प्रभावकारी छ ।” सहप्रवक्ता अधिकारीले कारोबारलाई भने “यो विश्व स्वास्थ्य संगठन र नेपाल सरकारबाट समेत आकस्मिक प्रयोगका लागि अनुमति प्राप्त खोप हो ।”
मन्त्रालयले यो खोपको दुवै मात्रा पूरा गरेमा ९५ प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको जनाएको छ ।
यो खोप १२ वर्ष भन्दा माथिका उमेर समूहमा प्रयोग गर्न मिल्ने र दोस्रो मात्राको खोप पहिलो मात्रा लगाएको २८ दिन भित्रमा दुई मात्रा पूरा गर्न सकिने जनाइएको छ । कोरोनाविरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका तथा १२ वर्ष उमेर माथिका व्यक्तिलाई फाइजर खोपको २ मात्रा अमेरिकालगायतका विभिन्न देशमा प्रभावकारी मानिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सूचना जारी गरी पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म र दोस्रो मात्रा मंसिर २७ देखि पुस २ गतेसम्म लगाउन सकिने जनाएको छ । खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पुर्जा अनिवार्य लिएर तोकिएको अस्पताल जान अनुरोध गरिएको छ ।
फाइजर खोप पाउने लक्षित दीर्घ रोगी समूहमा मुटुको शल्यक्रिया गराएका वा औषधी सेवन गरिरहेका, मृगौला फेरेका वा डायलाइसिस गराइरहेका वा औषधी सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका बिरामी छन् । यसैगरी फोक्सो सम्बन्धी रोगको औषधी सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेकाले पनि खोप लगाउन सक्ने छन् । यसरी नै रोग प्रतिरोधात्मक क्षमता कम भएको, मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका बिरामीले लगाउन मिल्ने मन्त्रालयको भनाइ छ ।
फाइजर खोप काठमाडौ उपत्यकामा वीर अस्पताल, विरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा लगाइने छ ।
यसैगरी प्रदेश १ मा मेची प्रादेशिक अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालमा लगाउन सकिने मन्त्रालयले जनाएको छ । यसैगरी प्रदेश–२ मा गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल, जानकपुर प्रादेशिक अस्पताल रहेका छन् । यसरी नै बागमती प्रदेशमा वीपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेल अस्पताल रहेका छन् । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल रहेका छन । कर्णाली प्रदेशमा कर्णाली प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल र डडेलधेरा अस्पतालमा खोप लगाउन सकिने छ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago