टिकटक रियालिटी शो हुने

काठमाडौं । टिकटकमा केन्द्रित टेलिभिजन रियालिटी शोको घोषणा गरिएको छ। शिखर नेपाल प्रालिले टिकटक स्टार नेपाल रियालिटी शो–२०७८ प्रसारणमा ल्याउने भएको हो।

फाइल फोटो

शोमा अभिनय, गायन, नृत्य तथा कलात्मक प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने बुधबार राजधानीमा आयोजिक पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएका छन्। शोमा गौरी मल्ल, रमेश उप्रेती र वर्षा शिवाकोटी निर्णायक रहनेछन्। शोको प्रतिस्पर्धामा प्रथम हुनेलाई कार, द्वितीयलाई मोटरसाइकल र तृतीयलाई स्कुटर उपहारसँगै उत्कृष्टभित्र पर्ने प्रतिस्पर्धीलाई कम्प्युटर, क्यामेरा, टीभी, फ्रिज, मोबाइल, घडीलगायतका उपहार प्रदान गरिने शोका निर्देशक हरि शर्माले जानकारी गराए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फिल्कर्मीहरू भुवन केसी, सरोज खनाल, उद्धव पौड्याल, पुकार भट्टराई, सन्दीप अर्याल, साहित्यकार भीष्मराज फुलारा र सञ्चारकर्मी सुदर्शनप्रसाद आचार्यलाई शिखर सम्मान–२०७८ बाट सम्मानित गरिएको छ।

टिकटकलाई पनि कला क्षेत्रमा राम्रा प्रतिभा उत्पादन गर्ने प्लेटफर्म बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago