काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन तथा विश्व सम्मेलनको मिति अझै अन्योलमा नै रहेको छ।

फाइल फोटो

संघका पदाधिकारीलाई परराष्ट्र मन्त्री डा. नारायण खड्काले एनआरएनएभित्रको आन्तरिक विवाद मिलाएर आउन निर्देशन दिएका छन्। परराष्ट्र मन्त्रालयमा बिहीबार मन्त्री डा. नारायण खड्कासँग एनआरएनएका अध्यक्ष कुमार पन्त, महिला उपाध्यक्ष रविना थापा र पूर्व अध्यक्ष जीवा लामिछानेबीच छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ।

एनआरएनएका अध्यक्ष पन्तले  परराष्ट्र मन्त्रीसँगको छलफल सकारात्मक भएको प्रतिक्रिया दिए। महाधिवेशन छिट्टै हुने बताउँदै पन्तले भने, ‘परराष्ट्र मन्त्रीसँग छलफल भयो, अव मन्त्रालयले महाधिवेशन गर्न रोक्दैन, चुनाव हुन्छ।’

बैठकमा मन्त्री खड्काले प्रतिनिधि छनोटका विषयमा भएको प्रगतिबारे चासो राखेका थिए। त्यसपछि एनआरएनए अध्यक्ष पन्तले कोषाध्यक्ष महेश श्रेष्ठसहितको अनौपचारिक कार्यदलले तयार पारेको प्रतिनिधि छनोटका समाधान बारेको रिपोर्ट, हालसम्म परराष्ट्र मन्त्रालयले उठाएका सरोकार र समाधानका उपायसहितको लिखित सूची प्रस्तुत गरेका थिए।

यसअघि नै परराष्ट्र मन्त्री डा नारायण खड्काले पूर्व अध्यक्षहरुको बीच प्रतिनिधि छनोटका विषयमा सहमति गरेर आउन आग्रह गरेका थिए।अध्यक्ष पन्तले एक दुई दिनभित्रैमा मतदाता सूची परराष्ट्र मन्त्रीलाई बुझाउने र महाधिवेशनको मिति तोक्ने बताएका छन्।एनआरएनएको १०औं महाधिबेवेशनका लागि तयार गरिएको डेलिगेट्स सूचीमा धाँधली गरिएको भन्दै मन्त्रालयमा उजुरी परे पछि मन्त्रालयले २ पटक एनआरएनएलाई पत्र लेखिसकेको छ।

हालै सम्पन्न राष्ट्रिय समन्वय परिषदहरुको पहिलो विश्व सम्मेलनले संरक्षक परिषदलाई समस्या समाधान गर्न पहल लिन आह्वान गरेको थियो। यस अघि एनआरएनएको कार्यकारी सचिवालयले पनि संरक्षक परिषदलाई जिम्मा दिने निर्णय गरेको थियो। तर पछि उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मालगायतले अध्यक्ष पन्तमाथि  दबाब दिएर उक्त निर्णय लागू नगर्न दबाब दिएको आरोप लागेको छ।

गत अक्टोबर १८ मा कार्यावधि सकिएपछि पन्त नेतृत्वको आईसीसी कामचलाउ बन्न पुगेको छ। निर्वाचन समितिसँग समन्वय गरी चुनाव तथा महाधिवेशन गराउने जिम्मा संरक्षक परिषदलाई दिनुबाहेक अर्को उपयुक्त विकल्प नरहेको केहीको भनाइ छ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago