विराटनगरमा शुक्रबारदेखि विद्यालय खोल्न महानगरको निर्देशन

विराटनगर विराटनगर महानगरपालिकाले शुक्रबारदेखि विद्यालय खोल्न महानगरभित्रका सबै शैक्षिक संस्थाहरूलाई निर्देशन दिएको छ । मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले निर्णय गरेर महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरू संचालन गर्न निर्देशन दिएको हो ।

फाइल फोटो

महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्णप्रसाद भट्टराईका अनुसार कोभिड–१९ को जोखिम कम हुँदै गएको र शिक्षा मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव श्रोत विकास महाशाखाले रेडियो टेलिभिजनबाट संचालन गर्दै आएको कक्षासमेत बन्द गरेकोले सबै पक्षहरूसँग छलफल गरेर विद्यालय खोल्ने निर्णय गरिएको जानकारी दिए ।

अधिकृत भट्टराईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण रूपमा पालना गरी गराई कात्तिक २६ गतेबाट सम्पूर्ण विद्यालयमा पूर्णकालीन समयसम्म पठनपाठन कार्य सञ्चालन गर्ने निर्णय भएकोले सोही बमोजिम गर्न गराउन अनुरोध छ ।’

छलफलमा सामुदायिक विद्यालयका प्रतिनिधि, शिक्षक महासंघका प्रतिनिधि, निजी विद्यालयहरुको छाता संस्था प्याब्सन, एनप्याब्सन र प्लस टुहरुको संस्था हिसानका प्रतिनिधिहरु सवैले विद्यालय खोल्न सहमति जनाएकोले निर्णय गरिएको जनाइएको छ ।

 

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago