अनुहार प्रदर्शनी, के उपहार दिएर आयौ ?

वर्षको एक पटक लाग्ने गर्छ
डिजिटल पर्दाको अगाडि र पछाडीका भित्ताहरुमा
आमा नामको अनुहारको प्रदर्शनी

पुन एकपटक
झिकिने छ भित्तामा झुन्डिएको
पुरानो मैलो सुकेको माला
सहितको फोटो

धुलो टक्टक्याउने छन
मैलो पुछ्ने छन
आमाकै पुरानो पटुकि र चौबन्दीको च्यातिएका टुक्राहरुले
गर्नेछन प्रेम रुपी अनुहारको प्रदर्शनी

सङ्गै बसेर
वर्षौ सम्म सासू सङ्ग नबोलेकि बुहारीले राख्नेछिन
Happy mother’s day भन्दै
आमा कै स्ट्याटस

शहर पसेर आमाका लागि कहिले खर्च नपठाएका छोरा बुहारीले दिनेछन
Happy mother’s day को शुभकामना
जो बृद्द भत्ताका भरमा बाँचेका हुन्छन सधै सधै

विशेष उपहार बोकेर जान्छन
छोरी ज्वाँईहरु माइतिघर
देखाउनेछन अपार सामिप्यता
आमाहरु सङग
सेल्फी खिच्दै भन्नेछन
Happy mother’s day
पुन एक पटक
आफनै ममताको खिल्ली उढाउदै

अनि तीनै आमाहरुले सोध्ने गर्लान कि छोरीहरुलाई
तिम्री सासुआमा लाई के उपहार दिएर आयौ ? छोरी !

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago