Categories: समाज

वीरगञ्जबाट हराएका दुईजना बालक पटनामा भेटिए

वीरगञ्ज शनिबारदेखि हराएका वीरगञ्जका दुई बालक भारतको बिहार राज्यको राजधानी सहर पटनामा फेला परेका छन् वीरगञ्जका व्यवसायी जगरनाथ कलवारका छोरा शिवेश गुप्ता (तेजस) वीरगञ्ज विर्ता बस्ने दिपेश शर्माको छोरा प्रनेश शर्मापटनामा फेला परेका हुन्

वीरगञ्जकै गौतम स्कुलमा कक्षा मा अध्यनरत दुवैजना बालक शनिबारदेखि बेपत्ता थिए भारतीय प्रहरीसँगको समन्वयमाउनीहरुलाई पटनामा फेला पारेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश राज पुरीले जानकारी दिए

पटना पुगेका रहेछन्, भारतीय प्रहरीले फेला पारेर जसनपुर थानामा राखेको ,’ प्रहरी निरीक्षक पुरीले भने, ‘गलत हातमा परेको भएसमस्या हुन्थ्यो समयमै समन्वय गरेर फेला पार्न सफल भएका छौं अभिभावकको साथमा समन्वय गर्न प्रहरी पनि गएको

बालकहरु भारततिर गएको हुन सक्ने आशंका सिसिटीभी क्यामेराको फुटेजबाट मिलेको थियो उनीहरुलाई साईकल सहित बिहान१०ः५३ बजे सिगरेट फैक्ट्री रोडमा सुर्या हस्पिटल अगाडीबाट मालपोत चौक तर्फ गइरहेको सीसीटीभी क्यामेराको फुटेजबाट पत्तालागेको थियो त्यसैका आधारमा प्रहरीले भारततर्फ खोजी कार्य अघि बढाएको थियो

होम ट्युसन पढेर निस्केको छोरा घर नफर्केपछि तेजसको खोजी गरिएको साथी प्रनेश पनि घरमा नभएको जानकारी मिलेको व्यवसायीजगरनाथ प्रसाद कलवारले बताए आफन्त साथीभाइकोमा नभेटिएपछि खोजीका लागि प्रहरीको सहयोग लिइएको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago