काठमाडौँ,पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै वाग्मती र प्रदेश नं १ का केहीस्थानमा मेघगर्जन हित हल्का वर्षा हुनेछ । साथै उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ ।
विभागका मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावले बेलुकासम्म कायम रहने जानकारी दिनुभयो । उहाँका अनुसारमंङगलबारदेखि मौसम सफा हुनेछ । हाल देशका पश्चिमी पहाडी भूभागमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली छ ।
अपराह्न देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने जनाइएको छ । मौसम पूर्वानुमानमहाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्युनतम तापक्रम शून्य दशमलव सात डिग्री सेल्सियस छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…