२४ जेठ, काठमाडौं । मार्कुस रासफोर्डले गरेको पेनाल्टी गोलको मद्दतमा इंग्ल्यान्डले मैत्रीपूर्ण खेलमा रोमानियालाई १–० ले पराजितगरेको छ । युरोकप अघि तयारीस्वरुप भएको खेलमा इंग्ल्याण्डलाई जित दिलाउन रासफोर्डले ६८औं मिनेटमा निर्णायक गोल गरे ।
घरेलु मैदान रिभरसाइड स्टेडियममा भएको खेलमा रासफोर्डले पेनाल्टीमा गोल गरेका हुन् । रोमानियाका कापुसाले पेनाल्टी एरियामाज्याक ग्रिलिसलाई फाउल गरेपछि इंग्ल्यान्डले पेनाल्टीको मौका पाएको थियो।
खेलको ७८औं मिनेटमा पनि इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । तर रासफोर्ड मैदान बाहिर निस्केकोले जोर्डन हेन्डरसनले पेनाल्टीमागोल गर्न सकेनन् ।
युरोकपका लागि इंग्ल्याण्डको २६ सदस्यीय टिममा एक स्थान अझै खाली छ । त्यसैले प्रशिक्षक गारेथ साउथगेटले रोमानिया विरुद्धजेम्स वार्ड प्रोव, बेन गोडफ्रे र बेन ह्वाइटलाई अवसर दिएका थिए । यस्तै जेस लिनगार्ड र ओली विट्किन्सले पनि दोस्रो हाफमा मैदानप्रवेश गरेर खेलेका थिए ।
साउथगेटले नियमित कप्तान ह्यारी केनसहित चेल्सी र म्यानचेष्टर सिटीका खेलाडीलाई आरम दिँदै दोस्रो रोजाईँको टिम मैदान उतारेकाथिए ।
यसअघि घोषित टोलीका ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड घाइते हुँदै युरोकबाट बाहिरिएपछि इंग्लिस टिममा एक स्थान खाली छ ।
जुन ११ देखि जुलाई ११ सम्म हुने युरोकपमा इंग्ल्यान्ड समूह डी मा रहेको छ । यस समूहमा क्रोएसिया,स्कटल्याण्ड र चेक रिपब्लिक छन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…