एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२०/२१ को ३१ औं खेलमा सिड्नी थन्डरविरुद्ध राम्रो प्रर्दशन गरेकाछन् । सन्दीपले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए ।
सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बल डट राखेका सन्दीपलाई दोस्रो बलमा भने उस्मान खवाजालेचौका प्रहार गरे । तेस्रो बल डट राख्दा चौथो बलमा एक रन खर्चिए । पाँचौ बलमा एलेक्स हेल्सलाई एक र छैटौं बल डट राख्दै सुरुवातगरेका थिए ।
आठौं ओभरको पहिलो बलमा कप्तान कलुम फर्गुसनलाई सन्दीपले एक रन दिए । दोस्रो बलमा खवाजाले एक र तेस्रो बल डट राखे ।कप्तान फर्गुसनलाई सन्दीपले चौथो बलमा जोहन बोथाबाट १ रनमा क्याच गराउँदै पहिलो विकेट हात पारे । पाँचौ बलमा खवाजालाईदुई रन दिएका सन्दीपले अन्तिम बल डट राखेका थिए ।
सन्दीपले १२ औं ओभरको पहिलो बलमा अर्जुन नायरलाई एक रन दिए । दोस्रो बलमा एलेक्स रोसलाई दुई रन दिए । तेस्रो र चौथो बलभने सन्दीपले डट राखेका थिए । पाँचौ बलमा एक र अन्तिम बलमा दुई रन खर्चिए ।
१४ औं ओभरको पहिलो बलमा सन्दीपले नायरलाई डट र दोस्रोमा दुई रन खर्चेका थिए । तेस्रो बलमा स्टम्पिङ मौका रहेको थियो ।चौथो बलमा एक र पाँचौ बल डट राखे । अन्तिम बलमा नायरले चौका प्रहार गरेका थिए ।
थन्डरले १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४ रन बनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…