Categories: समाज

जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

तनहुँ,भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागतीखेतीतर्फ आकर्षित बन्नुभएको जिल्लाको बन्दीपुर गाउँपालिका बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातकोकागती लगाउनुभएको हो

करीब ३० रोपनी क्षेत्रफलमा ४०० कागतीको बोट लगाइसकेको ६०० बोट लगाउन ७० रोपनी क्षेत्रफलमा खाडल खन्ने काम भइरहेकोउहाँले बताउनुभयो   प्रतिबोट कागती रु २१५ का दरले किनेर ल्याएर उहाँले व्यावसायिकरुपमा कागती खेती शुरु गर्नु भएको हो उहाँलेभन्नुभयो, “कागतीको माग अत्यधिक रहेकाले आफू यसतर्फ आकर्षित भएको हुँ

गत साउन महिनामा कागतीको बिरुवा रोपेपछि अहिले नै फल दिन शुरु गरे पनि पहिलो वर्ष फलेको कागती टिपेर नष्ट गरिने उहाँलेबताउनुभयो पहिलो वर्षमा फल लाग्न दिँदा बोट वयस्क भइनसक्ने हुँदा पहिलो वर्षको फल टिपेर फ्याक्नुपर्छ उहाँले भन्नुभयो, “शुरुमा कागती खेती गर्दा करीब रु १४ लाख खर्च भइसकेको

नेपालमा उत्पादन गरिएको कागतीले एक महिना पनि नपुग्ने भारतकै मुख ताक्नुपर्ने अवस्था भएकाले आफू यस खेतीतर्फ लागेको ृहाँको भनाइ अधिकारीले गाउँमा कागती खेती थालेसँगै अन्य तीन जनाले पनि कागती खेती शुरु गरेका छन् स्थानीय धनबहादुररानाले ६००, पशुपति विष्टले ३०० टेकबहादुर रानाले ३०० बोट कागतीका बिरुवा लगाइसकेका छन् विष्टले कृषि ज्ञान केन्द्रबाटअनुदान पाएर कागती लगाएका छन् भने अन्य तीनले आफ्नै लगानीमा कागतीका बिरुवा किनेर लगाएको कृषक अधिकारी बताउनुहुन्छ

आगामी वर्षदेखि फल दिन थालेपछि आम्दानीको माध्यम बन्ने कृषक धनबहादुरले बताउनुभयो गाउँमा दुई चार जना कृषक मिलेरकागती खेती गर्दा कतिपय आफूले नजानेका कुरा पनि सिक्न सहज भएको उहाँ बताउनुहुन्छ वडाका चारले व्यावसायिकरुपमा कागतीखेती गरेर समुदायका अन्य मानिसलाई पनि प्रोत्साहन गर्ने कार्य भएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago