कैलाली,धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग घोषणा गर्नुभएको छ । नगर प्रमुख वडले आफ्नो जन्मदिनको अवसरमा रु ११ हजार १११ सहयोगकोघोषणा गर्नुभएको हो ।
नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्व तेजबहादुर खड्का ९तेजु० को स्मृतिमा स्थापना गरिएको यस कोषका लागिविभिन्न पत्रकार तथा राजनीतिज्ञले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् । हालसम्म कोष स्थापनाका लागि रु डेढ लाखबढी रकम सङ्कलन भएको शाखाका सचिव पवन महराले जानकारी दिनुभयो ।
प्रेस युनियनले स्व पत्रकार खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्यलिएको छ । पत्रकार खड्का बाजुराको बूढीनन्दा धार्मिक तथा पर्यटकीयस्थलको रिपोर्टिङ गरेर फर्किने क्रममा बेपत्ता हुनुभएका थिए ।बेपत्ता भएका खड्काको तीन वर्षपछि मात्रै कङ्काल भेटिएको थियो । डिएनए र घटनास्थलमा भेटिएका सामग्रीको आधारमा उहाँकोमृत्यु भएको पुष्टि भएको थियो । स्व पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत हुनुहुन्थ्यो ।
नगरसभामा तीन विधेयक पारित
धनगढी उपमहानगरपालिकाको शुक्रबार सम्पन्न छैटौँ नगरसभामा तीनवटा विधेयक पारित भएको छ । सभाले ९न्यायिक समितिकार्यविधि० ऐन २०७४ को पहिलो संशोधन २०७७, धनगढी उपमहानगरपालिका स्वास्थ्यसम्बन्धी ऐन २०७७ र धनगढीउपमहानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणसम्बन्धी ऐन २०६६ को विधेयक पारित गरेको हो ।
नगरप्रमुख वडले आफूहरु निर्वाचित भएर आएपछि १४ ऐन, चार नियमावली, ३२ कार्यविधि, तीन निर्देशिका र दुई आचारसंहिता गरेर ५५कानून निर्माण गरेको जानकारी दिनुभयो । उहाँले १९ वडा कार्यालयमध्ये १६ वडाको आफ्नै कार्यालय भवन निर्माण, तीन स्वास्थ्यसंस्थाबाट १० वडामा नगर स्वास्थ्य केन्द्र स्थापनालगायतका पूर्वाधार विकासले गति लिएको बताउनुभयो । सभामा वडले २७ विद्यालयभवन तथा शौचालय निर्माण गरिएको तथा धनगढीको बेहडाबाबा, जाखोरताल, शिवपुरीधामलगायतका धार्मिक पर्यटकीय ठाउँकोगुरुयोजनाअनुसार काम भइरहेको पनि जानकारी दिनुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…