बुटवलमा सुरु भयो अक्सिजन बैंक

बुटवल । अक्सिजन अभाबमा कसैले ज्यान गुमाउन नपरोस भनी अक्सिजन बैंक सेवाको शुभारम्भ भएको छ । बुटवल उपमहानगरपालिकामा होम तथा होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मी सहितको टोलीले अक्सिजन पुर्‍याउने गरी बुटवल उपमहानगरपालिकामा `अक्सिजन बैंक´ सेवा शुभारम्भ भएको हो । उपमहानगर प्रमुख शिवराज सुवेदीले एक संक्षिप्त समारोहबीच उक्त सेवाको शुभारम्भ गराउनुभएको छ । त्यसअवसरमा उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनाल, स्वास्थ्य शाखाका उमा थापा, कार्यदलका सदस्यहरु एजाज आलम, सन्दीप कसौधन, बाबुराम बोहोरा, सुरज भट्टराईलगायतले प्रभावकारी सेवा प्रवाहको प्रतिबद्धता जनाउनु भएको छ ।
अक्सिजन आवस्यक भएमा बुटवल उपमहानगरमा सम्पर्क गर्न सकिने छ । उपमहानगरको यो कार्यको प्रसंशा गरिएको छ ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago