स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले आज विज्ञप्ति जारी गरी विश्वमा फैलिएको नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाले नेपालमा ठूलो स्वास्थ्य समस्या निम्त्याएको भन्दै निशेषधाज्ञाको समयमा स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गर्नुभएको हो ।
“पछिल्लो समय कोरोना सङ्क्रमणका कारण थुप्रै यातायात व्यवसायी, मजदुर तथा यात्रु सङ्क्रमित हुनुका साथै थुप्रै व्यवसायी, मजदुर तथा यात्रुले अकालमै ज्यान गुमाएका छन् । यस्तो अवस्थामा स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न सबैलाई आग्रह गर्दछु”, महासचिव सिटौलाले भन्नुभयो । उहाँले कोरोना सङ्क्रमणका कारण अकालमा ज्यान गुमाएका यातायात व्यवसायी मजदुर तथा यात्रुको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…