३० अंकसम्म उचालिएको सेयर बजार अन्ततः १२ अंकले घटेर बन्द, महिला लघुवित्तमा ३२ दिनदेखि सर्किट कायम

काठमाडौं । पछिल्लो एक सातामा करिब १६० अंकले माथि उक्लिएको सेयर बजारमा  सोमबार सामान्य करेक्शन आएको छ ।

वैशाख १४ गतेयता छ कारोबार दिनमा आजसमेत गरेर दुई दिन सेयर बजारमा सामान्य गिरावट भएको हो । गत १५ गते करिब १४ अंकले झरेको बजार त्यसयता लगातार बढेको थियो ।  सोमबार भने बजार सूचक नेप्से १२.३६ अंकले घटेको छ ।

वैशाख २ गते अहिलेसम्मकै उच्च विन्दु २७३५.४० को उचाइ छोएको थियो । त्यसयताको सात कारोबार दिनमा बजारमा २३० अंकको करेक्शन आएको थियो । त्यसमा पुनः १६० अंकले सुधार हुँदै २६६५.११ अंकसम्म उठेको बजारमा आज सामान्य करेक्शन आएको हो । आइतबार २६६५ विन्दुमा पुगेर वन्द भएको सेयर बजार सूचक सोमबार करिब ३० अंकसम्मले बढ्दै  उच्चतम २६९४ विन्दुसम्म पुगेको थियो । सोपछि तल ओर्लिएको सूचकमा सामान्य उतारचढाव हुँदै अन्ततः २६५२.७५ विन्दुमा पुगेर अडिएको छ ।

सेयर बजार परिसूचक नेप्से १२ अंकभन्दा थोरै बढीले घटेको भएपनि सेयर कारोबार रकम तथा संख्या र किनबेच भएका धितोपत्र एकाइ सबै आज आइतबारको भन्दा बढी छ । यसले बजार अझै पनि धेरै तल नझर्ने संकेत दिने विश्लेषण गरिएको छ ।

आइतबार सात अर्ब ३६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आझ करिब सात करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । यसक्रममा झन्डै साढे ८८ हजारवटा कारोबारबाट एक करोड ५९ लाख आठ हजार पाँच सय कित्ता सेयर खरिद बिक्री भयो । किनबेच भएकामध्ये ३२ लाख म्युचुअल फन्डका एकाइ हुन् भने एक करोड २७ लाख विभिन्न कम्पनीका सेयरहरु रहेका छन् । कारोबार भएको सेयर संख्या पनि आइतबारको तुलनामा आज झन्डै सात लाख एकाइले बढेको छ । आइतबार एक करोड २० लाख कित्ता सेयर किनबेच भएको थियो ।

कुल २१६ कम्पनीका सेयर तथा म्युचुअल फन्ड एकाइको कारोबार भएकोमा १८२ वटा कम्पनीको सेयर रहेको छ । जसमध्ये आज ६३ वटा कम्पनीको सेयरका लगानीकर्ताले कमाए भने ११३ कम्पनीका लगानीकर्ताको सेयर नेटवर्थ घट्यो । ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

महिला लघुवित्तको सेयर मूल्य आज ३२औं कारोबार दिनमा पनि लगातार बढेर सर्किट ब्रेकर लागेको छ । ४३८ रुपैयाँमा पहिलो कारोबार भएको यस कम्पनीको मूल्य अहिले ३७८० रुपैयाँ पुगिसकेको छ । यसअघि चन्द्रागिरीको मूल्य लगातार ३३ दिनसम्म बढेर सर्किट ब्रेकर लागेको थियो । भोलि पनि महिला लघुवित्तको कारोबारमा सकारात्मक सर्किट लागे यसले चन्द्रागिरीको रेकर्ड बराबर गर्नेछ ।

चार दिनअघि दोस्रो बजारमा सूचीकृत भएको सिंगटी हाइड्रोको सेयर मूल्य पनि आजसमेत लगातार सर्किट लाग्दै प्रतिकित्ता मूल्य ४३८ रुपैयाँ पुगेको छ । यसबाहेक विशालबजार कम्पनी, नेशनल माइक्रोफाइनान्स र न्गादी ग्रुप पावरको कारोबारमा पनि सकारात्मक सर्किट लाग्यो ।

आज सर्वाधिक गुमाउने तीन कम्पनीमा सबै जलविद्युत क्षेत्रकै रहेका छन् । हिमालयन ऊर्जा, हिमालयन पावर र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः ३.५८%, ३.५३% र ३.३४% ले घटेको हो ।

अपि पावरको सेयर सर्वाधिक रकमको किनबेच भएको छ । यसको ३ करोड ९४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको हो । यसपछि नेपाल रिइन्स्योरेन्स कम्पनी (एनआरआईसी), ग्रामिण विकास लघुवित्त, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल), नेपाल क्रेडिट एन्ड कमर्श बैंक लगायत छन् ।

कारोबार एकाइका हिसाबले सनराइज फर्स्ट म्युचुअल फन्ड (११,९५,१०१ एकाइ) पछि अपि पावर (१०,६०,२५२ कित्ता), नेपाल क्रेडिट एन्ड कमर्श बैंक (६,३०,०४५ कित्ता) को सर्वाधिक धितोपत्र किनबेच भएको छ । कारोबार संख्याका दृष्टिले सिंगटी हाइड्रो, अपि पावर, निफ्रा लगायत अगाडि रहे ।

सूचक घटेको आजको सेयर बजारमा माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट बाहेक अन्य सबै समूहको उपसूचक रातो भएर बजार बन्द भयो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago