गण्डकीका विपक्षी दल भन्छन् : विशेष अधिवेशन रोक्ने नियत देखियो

पोखरा बैशाख २० । गण्डकी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेर सीता पौडेललाई नियुक्त गर्नुलाई विपक्षी दलहरुले अलोकतान्त्रिक भएको बताएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले सोमबार अमिक शेरचनलाई पदमुक्त गरेर पौडेललाई नियुक्त गरेकी थिइन् । शेरचन माओवादी निकट हुन् ।

फाइल फोटो

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध २ वैशाखमा अविश्वास प्रस्ताव पेश भएको थियो । सो प्रस्ताव विफल पार्न अनुकुल हुने गरी कदम चाल्नका लागि शेरचनलाई अपदस्त गरेर पौडेल ल्याइएको कांग्रेस नेतृत्वको विपक्षी मोर्चाको टिप्पणी छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल आफू प्रतिकूल निर्णय लिने सबै व्यक्तिलाई केन्द्र सरकार अपदस्त गर्न लागि परेको बताउँछन् । गण्डकी प्रदेशमा शेरचनले संवैधानिक व्यवस्था अनुसार काम गरेको मन नपरेपछि उनलाई हटाइएको उनको भनाइ छ । ‘उहाँले त संविधानले दिएका धारणा अनुसार काम गर्दै आएको डाइजेस्ट नभएपछि हटाउने काम भएको छ,’ पोखरेलले इकागजसँग भने ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान विधि विधान मिचेर हिँडिरहेको सरकारको कदम भएको बताए । देशका सबै कानुन मान्न छाडेको सरकारले प्रदेश प्रमुख हटाउँदा कुनै आश्चर्य नलागेको उनले सुनाए । ‘विधि विधान मिचेर संविधान नै मान्न छाडेको सरकारले हटाएको छ, अब जे भन्यो त्यही मान्ने गरी नयाँ व्यक्तिलाई बनाइएको हो,’ उनले भने ।

सरकारले आफ्नो नैतिकता गुमाएको र गैरलोकतान्त्रिक रुपले विशेष अधिवेशन अन्त्यका लागि नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको उनले बताए । ‘विशेष अधिवेशन विशेष विषयमाथि छलफल नसकिएसम्म बन्द हुँदैन भन्ने मान्यता हो, तर नियम नमान्ने सरकारले यसलाई पनि रोक्न नयाँ प्रमुख ल्याएको म बुझ्छु,’ चुमानले भने ।

शेरचन १७ कात्तिक २०७६ मा प्रदेश प्रमुखका रुपमा नियुक्त भएका थिए । त्यसअघि प्रदेश प्रमुख रहेका कांग्रेस निकट बाबुराम कुँवरलाई हटाएर नेकपाको सरकारले शेरचनलाई प्रदेश प्रमुख बनाएको थियो । शेरचनले ६ वैशाखमा सरकारसँग राय नलिई १३ वैशाखका लागि विशेष अधिवेशन डाकेपछि सत्तारुढ दल रुष्ट भएको जनाइन्छ । शेरचनले मंगलबार बिहान पत्रकार सम्मेलन मार्फत् आफ्ना भनाइ राख्ने जनाएका छन् ।

प्रदेश प्रमुख नियुक्त भएकी सीता पौडेल भूमिगत कालबाट नै पार्टीमा सक्रिय थिइन् । पौडेल अहिले प्रधानमन्त्री केपी ओलीकी जनसम्पर्क सल्लाहकार पनि रहेकी छिन् । उनी एमालेको अखिल नेपाल महिला संघकी अध्यक्ष पनि हुन् ।

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago