नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारतप्रस्थान गरेका छन् ।
पत्नी सीताको स्वास्थ्यमा समस्या देखिएर केही दिनयता मेडिसिटी अस्पतालमा उपचार गरिए पनि थप उपचारका लागि प्रचण्ड सोमवारदिउँसो भारतको मुम्बई प्रस्थान गरेका हुन् ।
अध्यक्ष प्रचण्डसँगै छोरीहरू रेनु दाहाल र गंगा दाहाल समेत रहेका प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा लामो समयदेखि समस्या रहेको छ । यसअघि समेत अमेरिका, सिंगापुर लगायत देशमा उपचार गराउँदापनि स्वास्थ्यमा सुधार आउन सकेको छैन ।
नेकपा विभाजनसँगै राजनीतिक संकट गहिरिएका बेला प्रचण्डले पारिवारिक कारणबाट छिमेकी देश भारत जानुपरेको छ । काठमाडौंमाप्रचण्ड–नेपाल पक्षीय नेकपाले संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध देशव्यापी आन्दोलन गरिरहेको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…