Categories: राशिफल

आजको राशिफल तथा पञ्चाङ्ग

आज मिति २०७७ साल चैत्र २१ गते शनिवार तदनुसार ३ अप्रील २०२१, प्रमाधि नाम संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत कृष्ण षष्ठी, धनराशिका चन्द्रमा, मुल नक्षत्र, वरियान योग। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ, आज यात्राका लागि बिहान ७ बजेर २५ देखि ८ बजेर ५९ मिनेट शुभ रहेको छ। आउनुहोस शनिदेवको स्मरण सँगै आजको दिनको शुभारम्भ गरौ।
ज्यो. जयराम सापकोटा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
मनमा डर–चिन्ता, स्वास्थ्य प्रतिकूल,विरोधीहरु बढ्ने छन्,चोटपटक लाग्न सक्ने सम्भावना देखिन्छ,यात्रामा बाधा अवरोध आउनेछ,शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आम्दानीमा सुधार आउनेछ,काममा सफलता हात लाग्नेछ,कामको जिम्मेवारी थपिनेछ ,आगलागि हुने सम्भावना देखिन्छ त्यसैले आगोबाट बच्नुहोला, लगानी सही ठाउँमा हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
काममा सफलता मिल्नेछ, शत्रुले दुःख दिने, शरीरमा आलश्यता आउने, ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,खेलकुद त्यसैगरी राजनितिमा हुनुभएका हरुको लागि राम्रो देखिन्छ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,बिदेश जान सकिने सम्भावना राम्रो देखिन्छ,खानपिनमा ध्यान दिनुहोला,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)–
अन्त्यमा समय प्रतिकूल रहनेछ, काममा अपजस प्राप्त हुनेछ,धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,शिक्षामा सफलता मिल्ने योग छ,आम्दानी हुने,आजको शुभ अंक ६ रहेको छ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ,आजको शुभ अंक ११ रहेको छ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
धोका पाइने सम्भावना छ,समय परिवर्तन हुनेछ,विदेश यात्रा गर्ने उचित अवसर मिल्नेछ भने बालबालिका सन्तानमा सानो समस्या आउनसक्छ त्यसैले राम्रो केयर गर्नुहोला,आजको शुभ अंक १० रहेको छ।

बृश्चिक-(तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
परिवारमा पितासँगको सम्बन्ध खासै राम्रो देखिदैन,अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ,उत्तर तर्फको दिशा तर्फ फर्केर जल चढाउँनाले सम्बन्ध राम्रो हुने देखिन्छ,आजको शुभ अंक १२ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ,विरोधीहरु बढ्ने छन्,चोटपटक लाग्न सक्ने सम्भावना देखिन्छ, नयाँ सवारीसाधन किन्दै हुनुहुन्छ भने नकिन्दानै राम्रो हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
दाजुभाई सँगको सम्बन्ध त्यति राम्रो देखिदैन,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,मुद्धा मामिलामा पर्न सकिने योग देखिन्छ, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
धनसम्पति, ज्ञान आर्जन हुने देखिन्छ,आजको दिन पार्टनरसिप सँगको कार्यमा त्यति राम्रो देखिदैन,सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,आजको शुभ अंक ८ रहेको छ।                             मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
आँटेका काम तत्काल बन्नुका साथै थप काम गर्ने जाँगर बढ्नेछ,पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,खानपान तथा फेसनमा धन खर्च हुने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।
शनिमहामन्त्र
ॐसन्नो देवीविस्टय आपो भवन्तु
न पितयो संयोरवि सर्वतुन:

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago