राजमार्गका घरमा डोजर लगाइयो

पाल्पा । सडक सिमा अतिक्रमण गरी बनाएका स्थायी तथा अस्थायी संरचनाहरु भत्काउन शुरु गरिएको छ । डिभिजन सडक कार्यालय पाल्पाले पटक पटक सार्वजनिक सूचना जारी गर्दा समेत स्वय घरधनीहरुले भौतिक संरचना नहटाएपछी सडक कार्यालयले डोजरको प्रयोग गरी स्थायी तथा अस्थायी भौतिक संरचना हटाउन थालेको हो ।

सडक कार्यालयले पहिलो चरणमा सडक ऐन २०३१ अनुसार सडक सिमा अतिक्रमण गरिएका अस्थायी तथा स्थायी भौतिक संरचना हटाउने सार्वजनिक सूचना जारी गर्यो, दोस्रो चरणमा सडक सिमा भित्र अतिक्रम भएका संरचना आफै हटाउन ७ दिने सार्वजनिक सूचना जारी गर्यो, तेस्रो पटक घरधनी स्वयमले सडक सिमा भित्र बनाएका संरचना नहटाए कार्यालयले आफै भत्काउने सो संरचना भत्काउने र क्षतीपुर्ति भराउने सार्वजनिक सूचना जारी गरेको थियो । सोही अनुसार कसैले पनि अतिक्रम गरेका भौतिक संरचना आफै नहटाएपछी कार्यालयले डोजर लगाएर संरचना भत्काउन शुरु गरेको हो । सम्बन्धित समाचार ।पहिरो हटाउने भन्दा स्थानीयका घर फाल्न किन हतार ?

डिभिजन कार्यालयले विगतमा कार्यालय संचालन गरेको आफ्नै भवन भत्काएर अतिक्रमित संरचना भत्काएको हो । पहिलो दिन कार्यालयले बर्तुङ्ग देखी राईडाडा सम्मका भौतिक संरचना हटाएको छ ।

डिभिजन सडक कार्यालयले सिद्धार्थ राजमार्गको पाल्पा चिडियाखोला देखी राम्दी सम्म सडक सिमा अतिक्रमण गरी बनाएका ७ सय घरमा हटाउने गरी रातो चिन्ह लगाएको थियो । पहिलो चरणमा सिद्धार्थ राजमार्गको राम्दी देखी चिडियाखोला सम्मका अतिक्रमित भौतिक संरचना हटाउने र दोस्रो चरणामा तानसेन तम्घास सडक खण्डका अतिक्रमित हटाउने डिभिजन सडक कार्यालयका ईन्जिनियर राम पियारी चौधरीले बताए ।
सिद्धार्थ राजमार्गको बुटवल देखी पोखरा सम्म दुई लेनको पुर्ण डेडिकेटेट सडक निर्माण गर्ने डिपिआर तयार भएकोले सोही अनुसार अतिक्रमित सडक क्षेत्र खाली गर्न डिभिजन सडक कार्यालय सक्रिय भएर लागेको छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago